सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकी अन्तरिक्ष एजेन्सि नासाको यान मार्स इनसाइट ल्याण्डर आज रातो ग्रहको सतहमा उत्रनेछ । यसले मंगल ग्रहको निर्माण प्रक्रियाको अध्ययनको लागी उपयोगी सावित हुने विश्वास वैज्ञानिकहरुले लिएका छन् । यसबाट पृश्वीसँग जोडिएको तथ्य पत्ता लगाउने आशा पनि गरीएको छ ।
नासाको यो यान सिस्मोमीटरको मद्यतले मंगल ग्रहको आन्तरिक अवस्थाको अध्ययन गर्नेछ । यसबाट वैज्ञानिकहरुले मंगल ग्रह पृश्वीबाट किन अलग छ भन्ने तथ्यहरु पत्ता लगाउने छन् । मंगलग्रहको वातावरणको माथिल्लो सतहलाई १९,८०० किलोमिटर प्रतिघण्टाको गतिले छुनेछ । यसपछि मंगलग्रहको सतहलाई छुनु भन्दा पहिला विस्तारै विस्तारै यसको गति घटेर ८ किलोमिटर प्रतिघण्टामा आउनेछ । गतिमा यो कमि केबल सात मिनेटभित्र आउनेछ ।
अभियान प्रमुख राव ग्रोवरले भने “यो सात मिनेट धेरै अहम छ । हामी पुरै यो यानमा सेट गरीएको प्रोग्राम माथि निर्भर छौ । हामीहरुले यसको लागी बर्षो अध्ययन गरेका छौ । हामी यो कुरामा ध्यान दिनेछौ कि इनसाइट आफनो लक्ष्यमा पुगोस्” ।
इसनाइट यानलाई पाँच मे मा लन्च गरीएको थियो । यसको ल्याण्डिङलाई हेर्नको लागी नासाको तर्फबाट विश्वभरमा सीधा प्रसारण हुनेछ । नेपाली समयानुसार यो प्रसारण सोमबार–मंगलबार राती १ः१५ मा हुनेछ । इनसाइट भन्दा पहिला २०१२ मा नासाको क्यूरिायोसिटि यानले मंगल ग्रहमा ल्याण्डिङ गरेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा