सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, कार्तिक १९ । नेपाल बङ्गलादेश बैक र सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी बिच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
जीवन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको बैकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले जानकारी दिए ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बिमा कम्पनीले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै सुर्य लाईफ ईन्स्योरेन्स कम्पनीका बिमा योजना तथा बिमा सेवा सजिलैसँग नेपाल बङ्गलादेश बैंकको ७४ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा