सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउन ३० । नेपाल बङ्गलादेश बैंकले तिन नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ईलाम को फिकल,सर्लाहिको चन्द्रनगर र रौतहटको देवही गुनाहीमा नयाँ शाखाहरुको औपचारिक कारोबार शुभारम्भ गरेको छ ।
साथै सिधुवा जिल्लाको छत्तर जोरपाटी गाँउपालिकामा ७ औँ एक्सटेन्सन काउन्टरको पनि औपचारिक कारोबार शुभारम्भ गरेको छ।
बैँकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैँकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ। साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
बैकको थप यि ३ शाखासहित ७४ शाखा, ७ एक्सटेन्सन काउन्टर, ६ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५५ वटा एटिएमद्धारा आफना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा