सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
काठमाडौं, साउन ६ । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका ८ सय २१ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७४/७५ मा उनीहरुले विदेशमा ज्यान गुमाएका हुन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा ४६ जना बढी भएको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ ।
आव ०७३/७४ मा ७ सय ७५ जनाले विदेशमा ज्यान गुमाएका थिए । विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र कामका लागि गएको देशको वातावरण नमिल्दा धेरै जसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको देखिएको प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले बताउनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा