सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ३२ । चिकित्सा शिक्षा विधेयकलाई लिएर आज पनि नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। कांग्रेसको यो तेस्रो पटक संसद अवरुद्ध हो ।
अनसनरत डा.गोविन्द केसीको समर्थनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। डा.केसीसँग भएको सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा ल्याइएको भन्दै कांग्रेसले विरोध जनाएको हो।
आजको प्रतिनिधि सभामा चिकित्सा विधेयक उपर छलफलको कार्यसूची रहेको छ। बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले सिटबाट उभेर विरोध जनाएका थिए।
कांग्रेसको विरोध पछि आधा घण्टाका लागि संसद स्थगित भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा