सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउथमा आफनो अभिनय र अफनो फाइटले आगो लगाउने जुनियर एनटीआर हालै मात्र दोस्रो सन्तानको पिता बनेका छन् । उनकी पत्नी लक्ष्मी प्रनाथीले केही दिन अघि मात्र दोस्रो छोरालाई जन्म दिएकी हुन् । एनटीआरले पारिवारीक फोटो इंस्टाग्रामबाट सार्वजनिक गरेका छन् । फोटोमा उनी आफनो दोस्रो छोरालाई काखमा लिएर बसेको देखिएका छन् भने उनको श्रीमती र जेठो छोरा पनि फोटोमा देखिएका छन् । जुनियर एनटीआरले आफनो सानो छोराको नाम भार्गव राम राखेका छन् ।
जुनियर एनटीआरको पहिलो छोराको नाम अभय राम को जन्म २२ जुलाई २०१४ मा भएको थियो । १९८३ मा हैदराबादमा जन्मेका जुनियर एनटीआर आफनो जमानाका पपुलर एकटर र आन्ध्रप्रदेशका सिएम भईसकेका रामाराव का नाती हुन् ।
एनटीआरले आफनो कैयौ फिल्ममा उत्कृष्ट अभिनय वापत नन्दि अवार्ड, आईफा अवार्ड, फिल्मफेयर बेस्ट तेलुगू अवार्ड पाईसकेका छन् । जुनियर एनटीआर आफनो १६–१७ मा आफनो करियरमा कैयौ धमाकेदार रेकर्ड बनाइसेका छन् भने उनलाई टालीउडको सलमान खान पनि भनिन्छ ।
जुनियर एनटीआर लामो समयदेखी सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेता मध्येका एक हुन् । उनी एक फिल्मको लागी ३० देखी ३२ करोड सम्म पारिश्रमिक लिन्छन् । १९९६ मा तेलुगू फिल्म रामायणम मा एक बाल कलाकारको रुपमा आफनो अभिनयको करियर शुरु गरेका उनले यो फिल्मबाट बेस्ट चिल्ड्रेन्र्स फिल्मको लागी नेशनल फिल्म अवार्ड पनि पाएका थिए ।
The little one is, #BhargavaRam #NamingCeremony #FamilyTime #Bratpack
A post shared by Jr NTR (@jrntr) on
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा