सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १८। काठमाडौं महानगरपालिकाले यहाँका विभिन्न ६ स्थानमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याउने भएको छ । फ्रि वाईफाई सेवा उपलब्ध गराउन काठमाडौं महानगर र इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन बीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार काठमाडौंको हनुमान ढोका–वसन्तपुर पर्यटकीय क्षेत्र, पशुपति क्षेत्र, स्वयम्भु, बौद्ध, बालाजु पार्क र शङ्खपार्क क्षेत्रमा फ्रि वाईफाई सेवा सञ्चालन हुनेछ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिङ्कका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार वल्र्ड लिङ्कले ६० दिनभित्रमा जडानको सम्पूर्ण काम सम्पन्न गरी सेवा सुचारु गर्नुपर्नेछ । यस सेवाको आर्थिक तथा प्राविधिक सम्पूर्ण खर्च वल्र्ड लिङ्कले व्यवस्था गर्ने समझदारीमा उल्लेख भएको महानगरपालिकाका सहप्रवक्ता नमराज ढकालले जानकारी दिए । यी क्षेत्रका बासिन्दा प्रत्येक दिन ३० मिनेट फ्रि वाईफाई चलाउन सक्नेछन् । यी क्षेत्रमा वाईफाई मोबाइलमा अटोमेटिक कनेक्ट हुने व्यवस्था मिलाइएको छ ।
प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २ सयदेखि ७ सयजनासम्मले, बौद्धमा २ सय ५० देखि ५ सय, शङ्खपार्कमा ५० देखि २ सय, बालाजुमा २ सयदेखि ७ सय, स्वयम्भुमा २ सयदेखि ३ सयजना, वसन्तपुरमा २ सयदेखि ३ सयजनासम्मले सेवा लिन सक्ने महानगरपालिकाले जनाएको छ ।
यसअघि रत्नपार्क, वानेश्वरको छक्कुबक्कु पार्क, महानगरपालिकाका सबै वडा कार्यालय, सभागृह, जेडिए कप्म्लेक्समा फ्रि वाईफाई सेवा सञ्चालन भइसकेको महानगरपालिकाका प्रविधि महाशाखा प्रमुख ध्रुब काफ्लेले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा