सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोमबारदेखि ललितपुरमा एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ ।
लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने उद्घाटन खेल/प्रतियोगितामा सोमबार अपरान्ह ४ः०० बजे नेपालले किर्गिस्तानको सामना गर्दैछ । यसैक्रममा, सोमबार बिहान १०ः०० बजेदेखि तुर्कमिनिस्तान र अफगानिस्तानबीच पहिलो खेल भइरहेको छ ।
किर्गिस्तानीहरु शारिरिक रुपमा अग्लो हुन्छन् भने, यो टोली प्रतियोगिताको बलियो टोलीको रुपमा चिनिएको छ । नेपालले कीर्तिस्तानलाई हराउन सके मात्र सेमिफाइनलमा पुग्नेछ भने, प्रतियोगितामा नेपाल समुह ‘ए’ मा परेको छ ।
समूह ‘B’ मा नेपाल सहित किर्गिस्तान र माल्दिभ्स रहेको छ । च्याम्पियनसिप अघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेका नेपालले कठिन जित निकालेको थियो ।
नेपाली खेलाडीलाई नेदरल्यान्ड्का हान एविङ प्रशिक्षकले प्रशिक्षण दिएका हुन् । त्यसैले नेपाली टोलीको लक्ष्य यस प्रतियोगिताको फाइनलमा पुग्ने रहेको छ ।
नेपाली टोली दुई महिनादेखि प्रशिक्षक हानको प्रशिक्षणमा छ भने, तर, टोलीको समस्य सर्भिस, रिसिभ र ब्लकमा रहेको छ । इम रानामगरको कप्तानीमा रहेको नेपाली टोलीमा अहिले युवा खेलाडीको बर्चस्व रहेका छन् ।
नेपालको यसअघि पनि पुरुष टोलीले २०७३ सालमा माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलमा ४१ वर्षपछि जितेको यो ऐतिहासिक कांस्य पदक थियो ।
जुन नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघबाट मान्यताप्राप्त प्रतियोगितामा जितेको पहिलो पदक पनि हो ।
यसैक्रममा, च्याम्पियनसिपमा समूह ‘बी’ मा साविकको विजेता तुर्कमिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।
लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने, फाइनल खेल भदौ ७ गते हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा