सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २२ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको महत्वपूर्ण समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले तरकारीको विषादी परिक्षण विवादमाथि बोल्दै सरकारको निर्णयलाई आलोचना गरेका छन् ।
उनले भने, ‘जनताको यस्तो साथ पाएपछि अब पारीबाट वारी आउने फलफूल र तरकारीसँगै वारीबाट पारि जाने चिया र अलैंचीको पनि हिसाबकिताब हुने छ भनेर गर्जेर भन्ला भनेको त पारीतिरबाट आएको खोकीको मन्द आवाजले नै थला पो पर्यो हाम्रो सरकार,.’
नेता थापाका अनुसार प्रधानमन्त्रीको बोलीको मान राख्न मास्क नलगाई विषाक्त हावा सेवन गरेको र अब सरकारको निर्णयको मान राख्न परिक्षण बिनाको तरकारी र फलफूल खानुपर्ने जनाए ।
उनले प्रश्न गरे, ‘बास् प्रधानमन्त्रीज्युलाई यतिमात्रै सोध्न बाँकी छ- तपाईंको राष्ट्रवादी खुट्टा देखिइसकिएकै हो। घुँडामा भ्वाङ कत्रो परेको छ। बताइदिनुहुन्छ कि,?’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा