सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १० । मंगलबार उर्जा मन्त्रालयमा नेपालका ऊर्जा मन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ ।
मन्त्री पुनले उक्त भेटवार्तामा सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरिदिन चिनियाँ राजदूत यान्छीलाई आग्रह गरे।
उनले भारत र बंगलादेशमा जलविद्युत बजारका लागि सरकारले पहल जारी राखेको समेत जनाए।
मन्त्री पुनले भने, ‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र वजार विस्तारका लागि हामी पहल गरिरहेका छौँ, भारत र बंगलादेशसँग समेत यसबारेमा छलफल भइरहेको छ । यसमा चिनियाँ लगानीकर्ताको सकारात्मक सहयोग आवश्यक छ’।,
चिनियाँ लगानीकर्ता र निर्माणकम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए । यसैक्रममा, चिनियाँ कम्पनीले भोगेका समस्याहरुको बारेमा जानकारी दिँदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको राजदूत यान्छीले बताए।
मन्त्री पुनले भने, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन्, समस्या के हो जस्का कारण काममा ढिलाइ भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौँ, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौँ ।’
यसैगरी, राजदूत यान्छीले जवाफमा भने, चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिसाको समस्या, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेकोले समस्या समाधान गरिदिन आग्रह गरे।
उनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशूली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजना सम्पन्न गर्नका लागि समन्वय गरिदिन आग्रह गरे।
दूधकोशी जलविद्युत आयोनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै त्यस आयोजाना सम्पन्न गर्नका लागि थप २ खर्ब अपुग भएकोले चिनियाँ सहयोगका लागि पहल गरिदिन मन्त्री पुनले आग्रह गरेका थिए।
यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्नका लागि चीनले पहल गरिरहेको उक्त भेटवार्ता जानकारी दिए । यसैक्रममा, उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियाँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जनाए।
राजदूत यान्छीले भने, ‘चीन नेपालको साँच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागि पहल गरिरहेको छु ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा