सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डडेल्धुरा, जेठ २९ । डडेल्धुरामा बुधबार बिहान चट्याङ लागेर एक बालिकाको मृत्यु र सोहि ठाउँका तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका-३ मार्कुकी १३ वर्षीया संगीता भाट र घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्।
मीना मृतक संगीताकी दिदी हुन्। घाइते मध्ये भरतको अवस्था गम्भीर रहेको उनले जनाए। बिहान-७ बजेतिर विद्यालय जानको लागि तयारी गरिरहेका बेला घरमै चट्याङ लागेको र उपचारका लागि अस्पलाल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको जोगबुडाका इलाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। मृतक बालिका संगीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा