सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्पेनिस फुटबल कप कोपा डेल रे को फाइनल जित्दै यो टुर्नामेन्टमा लगातार पाँचौ पटक उपाधि जित्ने बार्सिलोनाको सपना चकनाचुर भएको छ । शनिवार भएको खेलमा भ्यालेन्सियाले २–१ ले हराउदै उपाधि आफनो कब्जामा पार्यो ।
खेलको २१ औं मिनेटमा भ्यालेन्सियाका केभिन गामिरीयोले पहलिो गोल गर्दै खेलमा अग्रता बनाए । त्यसपछि ३३ औं मिनेटमा रोद्रिगोको गोलमार्फत भ्यालेन्सियाले खेल दुई शून्यले अगाडि पुर्यायो ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको भ्यालेन्सिया विरुद्ध दोस्रो हाफमा बार्सिलोनाले आक्रामक फुटबल खेलेको थियो । ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अन्तर दुई एकमा झारेका थिए । त्यसपछि पनि दुबै टिमले आक्रमक खेल खेलेपनि गोल भने गर्न सकेनन् र खेल भ्यालेन्सियाले २–१ ले हात पार्यो ।
हालैको सत्रमा बार्सिलोनाले युएफा च्याम्पिन्स लीगमा पनि निराशा हात लागेको थियो जब उसलाई एनफील्डमा लिभरपुलसँग पराजित भएको थियो तर अब उसको एउटा अर्को हारले टिमलाई अरु मुश्विकलमा पारेको छ ।
सकारात्मक सोचका साथ मैदानमा उत्रेको भ्यालेन्सियाले खेल जित्दै यो सत्रलाई यादगार पारेको छ । ३० पटकको च्याम्पियन बार्सिलोनाले ला लीगामा आफनो उपाधि अभियानलाई भ्यालेन्सियासँग २६ अंकले अगाडि रहदै समाप्त गरेको थियो, जहाँ बार्सिलोनाले भ्यालेन्सिया भन्दा केही धेरै गोल गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा