सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राजधानीको कालोपुलमा बुधबार बेलुका एसिड आक्रमण परेकी युवती युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको छ ।
२० बर्षिय जेनी खड्का नामकी युवती एसिड आक्रमणमा परेकी हुन् । उनको शरीका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो । युवतीको अवस्था गम्भीर छ। उनको दुइटै हात जलेको छ। छाती, गलामा पनि गहिरो घाउ भएको छ।
एसिड आक्रमण आक्रमणपछि घाइते भएकी युवतीको उपचार चावहिलस्थित ओम अस्पताल लगीएको थियो ।
घटनाको केही समयपछि प्रहरीले एसिड प्रहार गर्ने विष्णु भुजेललाई भक्तपुरस्थित काँडाघारी चोकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा