सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टर्किको ईस्तानबुल मा विश्वको सबैभन्दा ठुलो र आरामदायी एयरपोर्ट बनेर तयार भएको छ । राष्ट्रपति रेचप तैयप आर्दोआनले टर्किको गणतन्त्र दिवसको ९५ औ बर्षगांठ मा यो एयरपोर्टको उद्धघाटन गरेका छन् ।
ब्ल्याक सागरको किनारामा बनेको यो एयरपोर्टको नाम न्यू इस्तांबुल एयरपोर्ट हो । बताइएको छ कि ७६.५ मिलयन बर्ग मिटरमा बनेको यो एयरपोर्ट विश्वको सबैभन्दा ठुलो पारगमन स्थल (ट्रान्जिट डेस्टिनेशन) मध्येको एक हो । यहाँबाट विश्वको ३५० भन्दा धेरै ठाउँको लागी दैनिक २५० एयरलाइन्सको २,००० फ्लाइट उडान भर्नेछन् । यसबाट बुधबार (३१ अक्टोबर) बाट ईटरनेशनल फ्लाइट शुरु हुदैछ ।
५४ हजार करोडको लागतमा तयार भयो पहिलो फेज
८८ हजार करोडको यो प्रोजेक्टको पहिलो फेज १० बर्ष मा ५४ हजार करोडको लागतले बनेको छ । यो एयरपोर्टको उद्धघाटनमा राष्ट्रपति आर्दोआन सहित १८ देशका ५० भन्दा बढि विशिष्ट नेताहरु पुगेका थिए । ८ करोडको जनसंख्या रहेको टर्किले यो एयरपोर्टको शुरुवात भएपछि उसको अर्थब्यवस्था ५ प्रतिशतले बढ्ने आशा गरेको छ । यसको साथै टर्कि मध्य–पुर्वी र पश्चिम एशियामा युएई लाई टक्कर दिदै आफुलाई एउटा सुपर पावरको रुपमा प्रस्तुत गर्न चाहन्छ ।
जान्नुहोस के छ यो एयरपोर्टको विशेषता
– यो एयरपोर्टमा एक पटकमा ९ करोड यात्रीहरु आउन सक्छन् ।
– यहाँ यात्रीहरुलाई आर्टिफिसियल इंटेलिजेन्सको सुविधा मिल्नेछ ।
– यो एयरपोर्टमा यात्रिहरुको सुविधाको लागी ४० हजार एलईडी स्क्रीन लगाइएको छ ।
– एयरपोर्टमा ५३ हजार बर्ग मिटरमा विश्वका सबैभन्दा ठुलो ट्याक्स फ्रि शपिङ कम्प्लेक्स पनि तयार भईरहेको छ ।
– यो शपिङ कम्प्लेक्समा यात्रीहरुको लागी म्याजिक मिरर एपको प्रयोग गरीएको छ ।
– यो एप यात्रीको कपडा, घडी आदिको शपिङको लागी उनीहरुले बिना पहिरिदा नै उनीहरुको लक्सको बारेमा बताइदिनेछ ।
– यो एयरपोर्टका एटीसी टावर टयूलिपको डिजाइनमा तयार गरीनेछ ।
– यो एयरपोर्ट निर्माण सम्मपन्न हुदासम्म ३० जनाको ज्यान गईसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा