सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कविता पढ्ने शौखिनहरुको लागी चाडै नै रोबोटले लेखेको कविता पढ्ने मौका मिल्नेछ । आर्टिफिशियल इटेलिजेन्सको मद्यतले बैज्ञानिकहरुले यस्तो एल्गोरिथ्म विकास गरेका छन्, जसबाट रोबोटले मानिसको जस्तै गरी कविता लेख्न सक्छ ।
अनुसन्धानकर्ताहरुले दाबि गर्दे भनेका छन् कि हामीहरुको कोशिश रोबोटबाट सेक्सपियर जस्तो कविता लेखाउनु हो, तर अहिले यसको लागी हामीहरुलाई समय चाहिन्छ ।
अष्ट्रेलियाको मेलबर्न युनिभर्सिटि तथा क्यानडाको टोरन्ंटो युनिभर्सिटिमा कप्युटर साइन्स विभागका अनुसन्धानकर्ताहरुले यस्तो एल्गोरिथ्म तयार गरेका छन्, जसबाट मात्रा तथा लयको नियमानुसार कविता लेख्न सकिन्छ । कैयौ पटक त मात्रा तथा लय यती सटिक रह्यो कि कम्प्युटरको कविता सेक्सपियरको भन्दा राम्रो बताइयो । जुन ब्यक्तिहरुलाई यो कविता वाचन गर्न लगाइयो ति मध्ये ५० प्रतिशतले त यो पत्ता पनि लगाउन सकेनन् कि यो कविता मेशिनले लेखेको हो ।
कविता लेख्नको लागी अनुसन्धानकर्ताहरुले एक न्युरल नेटवर्कलाई २७०० कविताहरुद्धारा प्रशिक्षित गरियो । कम्प्युटरको भाषा, मात्रा र लयको हिसावले प्रशिक्षित गरियो र चार लाइनको कविता लेखियोे ।
अनुसन्धानकर्ताहरुले यो कविता मानिसहरुलाई अनलाइन पढाएर मेशिनद्धारा लेखिएको कवितालाई पहिचान गर्न सक्छन् वा सक्दैनन् भनेर जान्ने प्रयास गरे । यसमा ५० प्रतिशतमात्र सफल भए । अनुसन्धानकर्ताहरुले अहिले कविताको अतिरिक्त रोबोटलाई कहानी लेखनमा पनि लगाउनको लागी खोज गरीरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा