सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर, चैत्र २६ । एन आई सी एशिया बैंकले भरतपुर महानगरपालिका ६ चोक बजारमा आफनो नयाँ शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका विच उक्त शाखाको समुदघाटन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल तथा बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी दाहालले एन आई सी एशियाले शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएकोले यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउन शाखा सञ्चालनमा अझ जोड दिने बताउनु भयो ।
बैकको हाल १९२ शाखा कार्यालय, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।
हालसम्म बैकको वासलातको आकार १५४ अर्ब भन्दा वढि पगीसकेको छ भने कुल कर्जा करिब १०६ अर्ब र कुल निक्षेप करिब १३० अर्ब पुगीसकेको छ ।
वैकको वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्येको एक बैक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना रहेको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा