सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीका स्थित टाइम्स स्क्वायरमा एउटा सिख संगठनले बार्षिक टर्बन डे को दिन केही घण्टामा हजारौ पगडी बाधेर वर्ल्ड रेकर्ड बनाएका छन् । न्युयोर्कमा रहेका सिखहरुले मध्य अप्रिलमा बैसाखीको बार्षिक महोत्सवको आयोजना गरेका थिए, जसलाई लाखौ सिखहरुद्धारा हरेक बर्ष मनाइने गरिन्छ ।
यो बर्ष एउटा सिख संगठनद्धारा टाइम्स स्क्वायरमा एक दिनको समारोहको दौरान सबैभन्दा धेरै पगडी बाधेर वर्ल्ड रेकर्ड राख्ने लक्ष्य राखिएको थियो । गैर लाभकारी संगठनका संस्थापक चनप्रीत सिंहले उक्त दिन केही घण्टामा नै ९,००० पगडी बाधेर वर्ल्ड रेकर्ड राखेको दावि गरेका छन् ।
७ अप्रिल २०१८ मा न्युयोर्क टाइम्स स्क्वायरमा एक सिख संगठनले केवल ८ घण्टामा ९ हजार पगडी बाधेर रेकर्ड बनाएका हुन् । यसपछि संगठनलाई गिनिज वुक अफ वर्ल्ड रेकर्डले प्रमाण पत्र पनि दिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा