सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र २६ । काठमाडौँ । भारतीय फिल्म स्टार सलमान खानसहित बलिउड कलाकारहरु ‘दब्याङ्ग द टुर नेपाल’ को लागी आगामी जेठमा नेपाल आउने भएका छन् ।
यसअघि फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘दब्याङ्ग द टुर नेपाल’ विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको थियो।
कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टका अनुसार ‘दब्याङ्ग द टुर नेपाल’ आउदो जेठ १२ मा काठमाडौँको टुँडिखेलमा आयोजना हुने जनाएको छ ।
कालो हरिण मारेको घटनामा गएको विहिबार ५ बर्षको जेल सजयाए पाएका सलमानले शनिवार जमानतमा छुटेका थिए । उनी जेल परेसँगै सलमान नेपाल आउने नआउने विषयमा अन्यौल बढेको बेला जेए इभेन्टसले विज्ञप्ति जारी गर्दै सलमान आउने कार्यक्रमको नयाँ तालिका सार्वजनिक गरेको हो ।
कार्यक्रमका आयोजक तथा ओडिसीका अध्यक्ष सिमान्त गुरुङले कार्यक्रमका लागि डेढ महिना समय बाँकी भएकाले जोडतोडका साथ तयारी शुरु गर्ने बताए ।
गुरुङले ग्लोबल आइएमई बैंक, भाटभटेनी लगायतका मुख्य स्थानबाट टिकट वितरण शुरु गर्ने तयारी गरेको पनि जानकारी दिएका छन् । पहिले नै बेचेको करिब २ हजार टिकटबाट पनि सलमानको कार्यक्रम हेर्न पाउने आयोजकले बताएको छ ।
ओडिसी इन्टरटेनमेन्टले यसअघि नै सलमानलाई करि ६ करोड बढी रकम दिइसकेको बताउदै आएको छ ।
कार्यक्रमको १० देखि १२ करोडको लागत अनुमान गरिएको छ ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा