• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ २, सोमबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

      राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

      कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

      वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

      ८ हजार कटाए बालेनले

      एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

      बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

      ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

      ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

      पोखराको साढे १३ हजार मत गनेर सकियो, गठबन्धनका आचार्य ७ सय मतान्तरले अगाडी

      झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

      ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– नेपाल बिना हाम्रो राम अधुरो छन्

      भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

      बालेनले कटाए ७,५०० मत

    होमपेज / समाज

    कृष्णप्रसाद अधिकारी हत्या मुद्दाका जाहेरवाला नुरप्रसाद अदालतमा उपस्थित भएनन्

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २५, आईतबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चितवन, चैत्र २५  । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारी अदालतले उपस्थित हुन आदेश दिए पनि अदालत उपस्थित हुनु भएन ।

    जिल्ला अदालत चितवनले गत फागुन १३ गते नुरप्रसादलाई अदालतमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको थियो । जिल्ला अदालत चितवनका स्रेस्तेदार गेहेन्द्र पन्तले अदालतको आदेशपछि नुरप्रसाद नभेटिएपछि गोरखाको गण्डकी गाउँपालिका–३ मा रहेको सार्वजनिक चौतारीमा रहेको पिपलको बोटमा सबैले देख्ने गरी तामेली पत्र टाँसिएको बताए ।

    उक्त पत्रमा चैत २५ गतेसम्म अदालतमा उपस्थित भई बकपत्र दिन मिति तोकिएको थियो । पन्तका अनुसार आज कार्यालय समयभित्र नुरप्रसाद अदालतमा उपस्थित हुनु भएन । उनको मुद्दाको पेसी सोमबार तोकिने पन्तले जानकारी दिए ।

    अदालतको बन्दोबस्तीको दफा ११५ बमोजिम प्रमाण बुझ्न उनलाई अदालतले आदेश दिएको हो । जिल्ला अदालत चितवनका एक नम्बर न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका थिए । जाहेरवाला अधिकारी हत्या भएका कृष्णप्रसादका दाजु हुन् ।

    विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

    जिल्ला अदालतले किटानी जाहेरी भएकामध्ये सातजनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको छ । दुईजना अदालतको सम्पर्कमा आएका छैनन् । तीमध्ये रुद्र आचार्य विदेशमा रहेको बताइँदै आइएको छ । सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ मध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।

    किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् ।

    हत्या भएका अधिकारीका बुबा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो भने आमा गंगामाया अहिले पनि अनशनमानै रहेका छन् । स्व नन्दप्रसादको शव अहिलेसम्म परिवारले बुझ्न मानेको छैन ।

    तत्कालीन नेकपा ९माओवादी०का कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या गरेका थिए । जयमंगलमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका कृष्णलाई सुराकीको आरोपमा हत्या गरिएको जनाइएको थियो । नुरप्रसाद लामो समयदेखि सम्पर्कविहीन रहेको जनाइएको छ । यस विषयमा बुझ्न खोज्दा उनले प्रयोग गर्दै आएका दुईवटै टेलिफोनमा सम्पर्क हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    चार मेट्रिक टन फोहर व्यवस्थापन

    देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    आज भदौ १२ गते शनिबार कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

    साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने

    नगर–नगर साझेदारीमा उपत्यकामा सात नगरपालिकामा पार्क र उद्यान बन्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

    कीर्तिपुरको मेयर उपमेयर दुबैमा कांग्रेस निर्वाचित

    वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

    ८ हजार कटाए बालेनले

    वडाध्यक्षका उम्मेदवारद्वारा बैंकका कर्मचारीविरुद्ध उजुरी

    ८ हजार कटाए बालेनले

    विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

    रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

    भक्तपुर नगरपालिकाको मेयर उपमेयरमा नेमकिपा विजयी

    साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जन सहित पानी पर्नै

    नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

    युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    आज बैशाख २६ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

    आर्थिक

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

    दोहोरो अंकले घट्यो नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑