सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र २५ । कलाकार तथा द्धन्द निर्देशक राजेन्द्र खड्गी धरौटीमा रिहा भएका छन्। मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका खड्गी पुर्पक्षका लागि थुनामा राख्न गरेको माग उच्च अदालत, पाटनले बदर गरे पछि जेलबाट छुटेका हुन्।
न्यायधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई गएको फागुन १८ गते पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो। तर, खड्गीले आफु रिहाईको माग गर्दे उच्च अदालत पाटन गएका थिए।
खड्गीलाई पूर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागरमा राखिएको थियो।
खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको प्रारम्भिक भनाइ छ। प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन्। प्रहरीले उनीविरुद्ध उजुरी परेपछि ठमेलबाट पक्राउ गरेको थियो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा