सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २५ । स्टार स्ट्राइकर लियोनल मेसीको ह्याट्रिकमा बार्सिलोनाले लेगनासलाई पराजित गरेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लेगनासमाथि ३–१ को जित सहज जित निकालेको हो । बार्साको जितमा सबै गोल मेस्सी एक्लैले गरेका थिए ।
मेस्सीले खेलको २७ औं, ३२ औं र ८७ औं मिनेटमा गोल गरेका थिए ।
डेम्बलेको पासमा हाट्रिक गरेका मेसीले यो हाट्रिक सँगै आफनो फुटबल करियरमा ४५ औ हाट्रिक पनि पुरा गरेका छन् ।
लेगनासका लागि भने नविल इल जहारले एक सान्त्वना गोल फर्काएका थिए ।
जितसँगै बार्सिलोनाले स्पेनिस लिग फुटबलमा लगातार ३८ खेलमा अपराजित यात्रा कायम राख्दै रियाल सोसिडाडले ३८ वर्षअघि बनाएको कीर्तिमानसँग बराबरी गर्नसमेत सफल भएको छ ।
गएरातिको जितपछि ३१ खेल खेलेको लिग लिडर बार्सिलोनाको ७९ अंक भएको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ६७ अंकसहित दोस्रो स्थानमा छ भने रियाल मड्रिड ६३ अंकसहित तेस्रो स्थानमा छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा