सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २५ । पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ ।
काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी याजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ।
सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए। चिनियाँ प्राविधिकको टोलीले यो रेल मार्गका लागि पौने तीन खर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ।
उत्तरको रेल काठमाडौं ल्याउने सम्झौता भएको दुई वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याने सम्झौता भएका छ। यो सम्झौताअनुसार काम भए उत्तर र दक्षिणका रेल काठमाडौंमा भेट हुनेछ। चीनबाट भारत पुग्न २३० किलोमिटर रेल यात्रा गर्नुपर्नेछ। यो मुस्किलले एक घण्टाकोे दूरी हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा