सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ओटावा क्यानडा, चैत्र २४ । क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
बस चालकसहित २८ जनासहित राजमार्ग ३५ मा गुडिरहेको बसलाई एक मालबाहक ट्रकले ठक्कर दिएपछि १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
शुक्रबार राती हुने ‘सस्काचुवन जुनियर हकी लिग’ खेल्न उक्त समूह ‘द हम्बोल्ट ब्रोन्कोस’ गन्तब्यतर्फ गइरहेका समय उक्त दुर्घटना भएको बताइएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा