सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देश अब सागरसँग जोडिने बताएका छन् । नेपाललाई जल मार्ग र रेलमार्गमा जोड्न भारतले सहयोग गर्ने बताउनुभयो ।
३ दिने राजकीय भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले इनल्याण्ड वाटर ब्रिजमा सहयोग गर्ने निर्णय समेत गरेको बताएका छन्।
उनले भनेका छन् नेपाल ल्याण्ड लिङक मात्र होइन अब वाटर लिङक पनि हुनेछ साथै रेल मार्गसँग पनि सिध कनेक्टिभिटि बढाउन चाहेको बताएका छन् ।
मोदीले भने “मैले प्रधानमन्त्रि ओलीलाई भरोसा दिलाएको छु कि नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारत अगाडी पनि पुरा सहयोग गर्ने छ र नेपाल सरकारद्धारा निर्धारित प्राथमिकता र आवश्यकताको आधारमा सहयोग गर्नेे छ “।
पत्रकार सम्मेलनअघि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा एकीकृत सुरक्षा पोस्ट र पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।
दिल्लीस्थित हैदरावाद हाउसमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नु अगाडि दुई आयोजनाको उद्घाटन गरेका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा