सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रमेश लम्साल / नयाँदिल्ली, चैत २४ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका थिए भने त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीप्रति श्रद्धाञ्जलिसहित उनको स्मरण गरे ।
श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो ।’
प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीसहित आजै दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय भेटवार्ता हुँदैछ । (रासस)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा