सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २४ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दे स्वागत गरेका छन् । भारतीय प्रधानमन्त्रि मोदीले नेपाली भाषामै ओलीलाई स्वागत गरेका छन् ।
मोदीले ट्विटमा “छिमेकी मित्र राष्ट्र नेपाल को प्रधानमंत्री माननीय ओली ज्यू लाई भारत मा हार्दिक स्वागत छ ” भन्दै स्वागत गरेका हुन् ।
शुक्रबार नै वान टु वान वार्ता गरेका दुई देशका प्रधानमन्त्री शुक्रबार ओलीसँग भेटवार्ता गरेका तस्वीर ट्वीट गरेका मोदीले फेरि आज बिहानै नेपालीमा ट्वीट गर्दै ओलीको स्वागत गरेका छन्।
ओली र मोदीको आज औपचारिक भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
छिमेकी मित्र राष्ट्र नेपाल को प्रधानमंत्री माननीय ओली ज्यू लाई भारत मा हार्दिक स्वागत छ
— Narendra Modi (@narendramodi) April 7, 2018
आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी प्रधानमन्त्रि मोदीको उपस्थितिमा राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको छ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा