सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रि दिएकी छिन् । शुक्रावार प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्य मण्डलको नेतृत्व गर्दे भारतको राजकीय भ्रमणको सिलसिलामा नयाँदिल्ली प्रस्थान गरेकापछि उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेकी छन्।
नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रधानमन्त्रि केपी शर्मा ओली ३ दिने राजकीय भ्रमण सकेर २५ गते साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा