• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

      म्यादी प्रहरीलाई बिदाइ

      सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

      राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

      १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

      एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

      ३२०५ मतान्तरले रेनुको अग्रता कायम

      संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

      स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

      अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

      बलात्कारमा हदम्याद तोकिनुहुन्न : प्रदिप पौडेल

      १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

      नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

      भरतपुरमा रेनुको ३१८१ मतको अग्रता

      अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

    होमपेज / समाचार

    भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २३, शुक्रबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    नारायण अधिकारी/ चितवन, चैत्र २३ । भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् ।

    पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा हालसम्म बर्डफ्लू देखापरेको छैन । यद्यपि भारतीय सीमा क्षेत्रमा बर्डफ्लु देखिएका कारण त्यसका निकटमा रहेका नेपालको रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवन जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बिहीबार उच्चस्तरीय प्राविधिकको बैठक बसी आजबाटै सहसचिवको नेतृत्वमा ती जिल्लामा अनुगमन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

    प्रयोगशाला र सर्वेक्षणको समूहले स्थलगत रुपमा उच्च जोखिममा रहेका जिल्लामा अनुगमन गर्नेछ । ती जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको बर्डफ्लु नियन्त्रण समन्वय समितिको बैठक बसी उच्च सतर्कता अपनाउनका लागि काम थालेको उहाँले बताउनुभयो ।

    भारतीय क्षेत्रबाट पोल्ट्रीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको बताउँदै उहाँले केही दिनअघि चितवनमा ठूलो मात्रामा भारतबाट ल्याइएको कुखुराको मासु नियन्त्रण गरी नष्ट गरिएको बताउनुभयो । गर्मी महिनामा बर्डफ्लु नदेखिने भए पनि एचनाइनको प्रकोप बढ्दै गएका कारण सीमा क्षेत्रमा रोग देखिएकाले जैविक सुरक्षा अपनाउन विशेष निर्देशन दिइएको पनि महानिर्देशक निर्मलले बताउनुभयो ।

    केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला टेकुका प्रमुख डा डिकरदेव भट्टले बढी मात्रामा चितवनबाट नमूना आइरहेको बताउँदै हालसम्म बर्डफ्लुको समस्या नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जे जति नमूना आएका छन्, सबै एचनाइनका छन् ।” एचनाइनसँगै भाइरल, ब्याक्टेरियल र माइक्रोप्लाज्माको संक्रमण भएकाले कुखुरा मर्ने क्रम बढी भएको उहाँले बताउनुभयो । जैविक सुरक्षा अपनाएर कुखुरा बचाउनु नै अहिलेको उत्तम उपाय रहेको उहाँले बताउनुभयो ।

    राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईले हालसम्म नेपालमा गरिएको नमूना परीक्षणमा लो प्याथोजेनिक एचनाइन भेटिएको बताउनुभयो । देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमूना परीक्षण गर्ने गरिन्छ । थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ ।

    चापागार्इंका अनुसार एचनाइनमा संक्रमणपछि खाना घटाउने, अण्डा उत्पादन आधा घट्ने र सात आठ प्रतिशत कुखुरा मर्ने गर्छ । कतिपय खोरमा अहिले त्योभन्दा बढी कुखुरा मरेका कारण एचनाइनको मल्टिइन्फेक्सन भएका कारण हो । बर्डफ्लु हुँदा भने तीन चार दिनमै शतप्रतिशत कुखुरा मर्ने गर्छ भने यो रोग मानिसमा पनि सर्ने सम्भावना हुन्छ ।

    उहाँले भन्नुभयो, “एचनाइन सिंगल भएको भए मृत्युदर कम हुन्थ्यो, मल्टी इन्फेक्सन भएर मृत्युदर बढ्दै गएको हो ।” जिल्लाबाट संकलित नमूना परीक्षणका लागि काठमाडौँ पठाइएकामा एचनाइन प्रमाणित हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

    पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपालमा एचनाइन भ्याक्सिन ल्याउन नपाएका कारण यसले ठूलो क्षति किसानले व्यहोर्नु परेको बताउनुभयो । केहीले लुकीछिपी भ्याक्सिन ल्याउने गरेको भन्दै उहाँले सहजरुपमा भ्याक्सिन ल्याउन पाएमा यति ठूलो क्षति किसानले व्यहोर्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष नेपालमा रु एक अर्ब हाराहारी एचनाइनका कारण नोक्सानी व्यहोर्नु परेको छ ।”

    निजी क्षेत्रको सहभागितासमेत भएको निर्देशन समिति भएको भए पनि समितिलाई बेवास्ता गरेर विभागले काम गरेका कारण किसानले नोक्सान व्यहोर्नु परेको उहाँले बताउनुभयो ।

    नेपालमा पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    म्यादी प्रहरीलाई बिदाइ

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

    अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

    नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

    अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    म्यादी प्रहरीलाई बिदाइ

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

    ३२०५ मतान्तरले रेनुको अग्रता कायम

    संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

    स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑