• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

      प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

      धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

      पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

      काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

      पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

      सौन्दर्य प्रतियोगितामा बलात्कार : छानविन समितिलाई सहयोग गर्न गृह मन्त्रालयको आग्रह

      सौदर्य प्रतियोगीताको नाममा बालिका बलात्कारको आरोपी मनोज पाण्डे पक्राउ

      सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

      बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै

      गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

      प्रधानपञ्चदेखि स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता : गुमानसिंह अर्याल

      धनगढीको मेयरमा स्वतन्त्र उमेदवार हमालको जित सुनिश्चित

      बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

      जुम्लामा काँग्रेस र माओवादीको नेतृत्व

    होमपेज / समाज

    संरक्षण र प्रचारप्रसारको पर्खाइमा बाग्लुङको रुद्रताल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २३, शुक्रबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    वासुदेव पौडेल/बाग्लुङ, चैत्र २३ । “उच्च पहाडी भूभागमा वरिपरि गुराँसले ढकमक्क ढाकिएको जंगलको बीचमा रहेको फराकिलो तालले यहाँ आउने जो कोही पर्यटकको पनि मन आकर्षित गर्ने गरेको छ,” – ढोरपाटन नगरपालिका–७ का अमर बुढामगरले भन्नुभयो ।

    पाल्पास्थित पवित्र तीर्थस्थल रुरु क्षेत्र जोड्ने रुद्रावती गंगाको उद्गमस्थल बाग्लुङको रुद्रताल धार्मिक एवं पर्यटकीय रुपमा महत्वपूर्णस्थल भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा पछि परिरहेको उहाँले बताउनुभयो ।

    नेपालकै एक मात्र शिकार आरक्षका रुपमा ख्याति कमाएको ढोरपाटन जाने बाटोमा नजिकै रहेका कारण यो पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बुर्तिवाङबाट सडकमार्ग हुँदै जाने पर्यटकका लागि बाटोमा नै ताल पर्ने भएकाले पर्यटकले नछुटाउने गन्तव्य रुद्रताल बनेको स्थानीयवासी बताउँछन् ।

    भगवान् शिवको नामबाट नामाकरण गरिएको यो ताल रुद्रावती खोलाको उद्गमस्थल हो । स्थानीय भाषामा भुजिखोलाका नामले पनि चिनिने रुद्रावती खोला बडीगाड हुँदै रुद्रवेणीमा गएर कालीगण्डकीसँग मिसिन्छ । रुद्रताल र मुक्तिनाथबाट निस्केको पानी मिसिएको स्थान रुरु क्षेत्रका रुपमा प्रसिद्ध छ ।

    रुरु क्षेत्र नेपालका चारधाम ९बराह क्षेत्र, हरिहर क्षेत्र, मुक्ति क्षेत्र र रुरु क्षेत्र० मध्ये एक हो । रुद्रतालमा जनैपूर्णिमाको अवसरमा उत्तरगंगाको जल लगेर पितृ तर्पण दिने गरिन्छ । पितृलाई तर्पण दिएमा पितृहरूको उद्धार हुने र सन्ततिलाई सुख एवं समृद्धि कायम हुने धार्मिक विश्वास छ ।

    स्थानीयवासीले रुद्रताललाई धार्मिक आस्थाको महत्वपूर्ण स्थलका रुपमा लिने गरेको उद्योग वाणिज्य संघ, बुर्तिवाङका सदस्य कृष्ण केसीले बताउनुभयो । “ढोरपाटनस्थित ढोर बराहको पूजा यही तालबाट शुरु हुन्छ,” उहाँले भन्नुभयो, “रुद्रतालको जल नछोएसम्म ढोरबराहको पूजाले पूर्णता नपाउने प्राचीन जनविश्वासका कारण ढोरबराह पूजा गर्न जाने भक्तजनले रुद्रतालमा स्नान गरेर मात्र जाने गरेका छन् ।”

    भक्तजनले रुद्रतालको पानीले स्नान गरी देउरालीमा ध्वजा चढाएर मात्र ढोरबराहको पूजा गर्ने प्रचलन रहेका कारण पनि यसको आफ्नै महत्व रहेको उहाँको भनाइ छ ।

    महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य भएपनि ताललाई व्यवस्थित गर्नेतर्फ राज्यको चासो पुग्न नसकेको उहाँले बताउनुभयो । ढोरपाटन र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ढोरपाटन अवलोकन भ्रमण सम्पन्न गरिएको संघका अध्यक्ष सन्तोष पोखरेलले बताउनुभयो ।

    “ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही चैत १८ गतेदेखि २१ गतेसम्म पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीसहित हामीले उक्त क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेका छौँ,” उहाँले भन्नुभयो, “ढोरपाटनसहित धार्मिक पर्यटकीय महत्वका यहाँका रुद्र ताल, उत्तरगंगा धाम, ढोरबराहजस्ता स्थलको संरक्षण एवं प्रचारप्रसार आवश्यक छ ।”

    ताललाई व्यवस्थित बनाउँदै आवश्यक पूर्वाधार विकास गरेमा रुद्रताल पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    चार मेट्रिक टन फोहर व्यवस्थापन

    देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    आज भदौ १२ गते शनिबार कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

    साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने

    नगर–नगर साझेदारीमा उपत्यकामा सात नगरपालिकामा पार्क र उद्यान बन्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

    धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

    पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

    काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

    गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

    बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

    भरतपुरमा ६१३८ मतान्तरले रेनुको अग्रता

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑