सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ । चैत स्वास्थ्य मन्त्रालयले चितवनको भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलबारे छानवीन गर्ने भएको छ ।
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले सचिवस्तरीय निर्णय गर्दै उक्त कलेजले मापदण्ड नपु¥याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको भन्ने विषय बाहिर आएपछि प्रमुख विशेषज्ञको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति बनाएकी हुन् । प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा गठित समितिमा चिकित्सा सेवा महाशाखा, नर्सिङ शाखा र कानुन शाखा प्रमुख एवं जनसंख्या प्रशासन तथा अनुमगन महाशाखाका उपसचिव सदस्य छन् ।
नर्सिङ शाखा प्रमुख रोशनीलक्ष्मी तुइतुईले समितिका सदस्यको बैठक बसी प्रक्रिया अघि बढ्ने बताइन् । नेपाल नर्सिङ परिषद्बाट सम्बन्धन नै नलिई मापदण्डविपरीत कलेजले स्नातक नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि परिषद्ले कारवाही प्रक्रिया अगाडि बढाउन मन्त्रालयमा पत्र पठाएपछि सो समिति बनाइएको हो ।
नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौलाले परिषद् ऐन २०५२ को दफा ९ अनुसार शिक्षण संस्थाले अध्यापनका लागि परिषद्बाट मान्यता लिनुपर्ने मापदण्ड पूरा नगरी विद्यार्थी अध्यापन गराएको बताइन् ।
उनले पिसिएल नर्सिङको मान्यता देखाएर स्नातक नर्सिङ पढाइरहेको भन्दै ओएसिसले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन नलिएको पटक पटक जानकारी गराउँदा पनि विश्वविद्यालयले विद्यार्थी भर्ना लिने क्रम नरोकेको जानकारी दिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा