• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ८, आईतबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

      शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

      पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

      निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

      नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

      विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

      विजयभन्दा रेनु ८४८४ मतान्तरले अगाडि

      धरानको मेयरमा स्वतन्त्र उमेदवार साम्पाङ विजयी

      सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

      ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

      पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

      नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

      ‘तिम्रै नाम होस’मा राजेश पायल र केकीको रोमान्स ( भिडियो

      विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

      मतगणना नसकिँदै धरानको मेयर लौरोको जित निश्चित

    होमपेज / मुख्य समाचार

    प्रधानमन्त्री ओलीसँग को–को जाँदैछन् भारत ? अरुण तेस्रो प्राथमिकतामा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २२, बिहिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    प्रकाश सिलवाल/रमेश लम्साल / काठमाडौं, चैत २२ । निर्वाचनपछिको पहिलो सरकार प्रमुखकारुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन् ।

    प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण हुन लागेको हो ।

    काठमाडौंबाट ४५ र नयाँदिल्लीस्थित नेपाली राजदूतावासका ९ अधिकारीसहित भ्रमण टोली ५४ सदस्यीय हुने भएको छ ।

    नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान ९ः०० बजे भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रतिनिधिमन्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत छन् ।

    भ्रमण दलमा संघीय संसदका सदस्यहरु शरत्सिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो र विमलप्रसाद श्रीवास्तव सहभागी छन् ।

    प्रतिनिधिमन्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्रसचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा. वैद्यनाथ महत्तो पनि भ्रमण रहनेछन् ।

    भ्रमण दलमा पहिलोपटक कला क्षेत्रबाट नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसी रहेका छन् ।

    यसबाहेक निजी खर्चमा उद्योगी–व्यावसायी र निजी क्षेत्रका सन्चारमाध्यमका प्रतिनिधि सामेल हुनेछन् ।

    राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालका सन्चारकर्मीको भ्रमण दलमा सहभागिता रहेको छ ।

    यस्तै, नेपाली दूतावास नयाँदिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिस्टर कृष्णहरि पुस्करलगायत ९ जनाको सहभागिता रहनेछ ।

    राष्ट्रपति भवनमा आवास
    परराष्ट्रसचिव शंकरदास बैरागीकाअनुसार भारत सरकारले विशिष्ट पाहुनाकारुपमा प्रधानमन्त्री ओलीलाई त्यहाँको राष्ट्रपति भवनमा विशेष आतिथ्यता प्रदान गर्नेछ ।

    प्रधानमन्त्रीको यसपटकको पहिलो विदेश भ्रमणलाई विशेष बनाउन नेपाल र भारतका उच्च अधिकारीले भरमग्दुर पहल गरेका छन् ।

    राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीसहित १६ जनालाई विशेष आथित्यताको प्रबन्ध मिलाइएको छ ।

    भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा विशेष भेटवार्ता गर्ने कार्यक्रम छ ।

    यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वेनकैया नायडु, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र भारतीय कंग्रेस आईका नेतासँग पनि भेटवार्ता हुनेछ ।

    कार्यक्रमअनुसार शनिबार प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षीबीच भेटवार्ता हुने र महत्वपूर्ण विषयमा दुईपक्षीय सहमति गर्ने कार्यक्रम छ । सोही दिन पत्रकार सम्मेलनमार्फत् दुई प्रधानमन्त्रीबीचका सहमति सार्वजनिक हुनेछ ।

    प्रधानमन्त्री ओलीले भारतको उत्तराखन्डको गोविन्ददेव पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो विश्वविद्यालयले प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि उपाधि दिनेछ ।

    सो विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नेछन् तथा कृषि र प्रविधिको सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

    प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा नयाँ उचाइमा पुर्‍याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै आएका छन् ।

    नयाँ सहमति र सम्झौता गर्नेभन्दा पनि विगतमा भएका द्विपक्षीय सहमतिलाई नै कार्यान्वयन गर्न पहल गर्ने उनको तयारी छ ।

    अरुण तेस्रो प्राथमिकतामा
    भारत भ्रमणकाक्रममा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने सम्भावना छ ।

    भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो परियोजनाको हैदरावाद हाउसबाट शिलान्यास गर्ने सम्भावना छ । कुल ९०० मेगावाट क्षमताको सो आयोजनाको निर्माण सुरु भइसकेको छ ।  रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

    पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

    नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

    विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

    बलात्कारसम्बन्धी हदम्याद संशोधनको माग राखेर सरकारलाई नेविसंघले बुझायो ज्ञापनपत्र

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

    निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

    नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

    पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

    नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

    विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    टीकापुर–५मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानलै विजय

    भरतपुरमा रेणुले बढाइन मतान्तर

    चितवनको २ वटा वडामा एमालेको प्यानलै विजयी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    मध्यपुर थिमि २ मा पनि कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

    पोखरा महानगरमा गठबन्धनको अग्रता

    डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    आर्थिक

    आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

    सुनको भाउ बढ्यो, तोलाको कति ?

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑