• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली पुनः विजयी

      लिखु गाउँपालिका अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

      ११९ मतले अग्रता लिदै रेणु

      महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

      रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

      टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

      दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    होमपेज / समाचार

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढ्यो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २२, बिहिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौँ,  चैत्र २२ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ। बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाउने निर्णय गरेको हो।

    लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाई निर्माणलाई तीव्रता दिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। उक्त विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) का लागि उक्त मन्त्रालय र कोरियन कम्पनी ल्याण्डमार्क बल्र्डवाइड (एलएमडब्लु) बीच सन् २०१० मार्चमा सम्झौता भएको थियो।

    सम्झौताबमोजिम कोरियन कम्पनलीले डिएफएस तयारी गरी सन् २०११ अगष्टमै मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेकामा मन्त्रालयले लामो समयसम्म प्रतिवेदनअनुरुपका कार्य अघि बढाउन सकेको थिएन।

    सरकारले घोषणा गरेको राष्ट्रिय गौरबको परियोजनाको रुपमा घोषित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उक्त मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

    ‘विविध किसिमका समस्या समाधान गर्दै यस परियोजनालाई शीघ्र अगाडि बनाई मुलुकको आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले कोरियन कम्पनीले पेश गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई सरकारले ग्रहण गरी यसको अध्ययन अगाडि बढाइएको’ विज्ञप्तिमा जनाइएको छ।

    पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १०० दिने कार्ययोजनामा पनि राष्ट्रिय गौरबका पाँच आयोजनामध्ये निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुख्य प्राथमिकतामा परेको छ।

    राष्ट्रिय गौरबका आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्री अधिकारीले निजगढ विमानस्थलको वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत गराउने, विमानस्थलका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियन कम्पनीसँगको दायित्व व्यवस्थापन गर्ने र विमानस्थल निर्माणको नमूना तय गर्ने उल्लेख छ।

    अन्य आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखराक्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता तथा पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोषको कामलाई प्रभावकारी बनाइने मन्त्री अधिकारीले प्रतिबद्धता जनाएका थिए।

    उनले मन्त्रालयको पदबहालीका क्रममा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो मात्र नभई राज्यकै प्राथमिकता रहेकाले शीघ्र निर्माण कार्य अघि बढाउने उद्घोष समेत गरेका थिए।

    विमानस्थलको ढाँचा अझै टुंग्गिएन

    सरकारले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको झण्डै दुई महिना पुगिसक्दा पनि अझै कुन ढाँचामा बनाउने भन्नेबारे अभै टु्ंगो लागेको छैन।

    करीब रु एक खर्ब २१ अर्ब लागत अनुमान गरिएको निजगढ विमानस्थल सरकार आफैँले निर्माण गर्ने प्रस्ताव पारित भएको पनि लामै समय भयो तर निर्माण ढाँचामा सहमति नजुट्दा काम अगाडि बढ्न सकेको छैन।

    सार्वजनिक (निजी साझेदारी वा इञ्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपिसीएफ) दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको थियो। पर्यटन मन्त्रालयको सो प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएर राष्ट्रिय योजना आगोगमा पठाएको छ ।

    विमानस्थल कुन ढाँचामा बनाउने भन्नेबारे छलफलमै रहेकाले अझै टुंगो लागिनसकेको पर्यटन मन्त्रालयका प्रवक्ता धनश्याम उपाध्यायले जानकारी दिए। “विमानस्थल कस्तो ढाँचामा बनाउने भन्नेबारे कुरा मिलिसकेको छैन अर्थमन्त्रालयले हाम्रो प्रस्तावलाई स्वीकृत गरेर राष्ट्रिय योजना आयोगमा पठाएको छ आयोगको सुझावपछि मन्त्रिपरिषद्ले पारित गर्छ त्यपछि मात्रै विमानस्थल निर्माणले औपचारिकता पाउँछ,” उनले भने।

    लामो समयदेखि चर्चा रहे पनि काम शुरु हुन नसकेको आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले विमानस्थलको चार किल्ला छुट्याएर तारबार गरिसकेको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक त्रिलोचन पौडेलका अनुसार निजगढ विमानस्थल क्षेत्रमा पर्ने रुख कटनी र सेरोफेरो सडक निर्माण कार्य भइरहेको छ। वनको काम नेपाली सेनाले जिम्मा लिएको छ।

    विमानस्थल निर्माणका लागि करीब ११ हजार बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । आयोजना प्रभावित बारा गढीमाई नगरपालिका (१६ मा रहेको टांगिया बस्तीका एक हजार ४०० घरघुरीलाई स्थानान्तरण गर्नुपर्नेछ। विमानस्थलमा पहिलो चरणमा एउटा धावन मार्ग र टर्मिनल निर्माण गर्ने योजना छ। रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली पुनः विजयी

    पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

    शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

    सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

    सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली पुनः विजयी

    लिखु गाउँपालिका अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

    ११९ मतले अग्रता लिदै रेणु

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली पुनः विजयी

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑