• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ २, सोमबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ८ हजार कटाए बालेनले

      एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

      बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

      ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

      ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

      पोखराको साढे १३ हजार मत गनेर सकियो, गठबन्धनका आचार्य ७ सय मतान्तरले अगाडी

      झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

      ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– नेपाल बिना हाम्रो राम अधुरो छन्

      भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

      बालेनले कटाए ७,५०० मत

      सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

      बालेनले ७ हजार मत कटाए, सुनिता डंगोलले पाइन ४ गुणा बढि

      विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

      काठमाडौंमा बालेनको मत ७ हजार नाघ्यो

    होमपेज / समाचार

    बसाइँसराइले पहाडी क्षेत्र रित्तिएसँगै संस्कृतिसमेत लोप हुने अवस्थामा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २२, बिहिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    फाइल फोटो

    बैतडी, चैत २२। सुदूरपश्चिमको पहाडी जिल्लाहरुबाट मानिस लगातार तराईतिर बसाइँसराइ गर्दै जाँदा अधिकांश गाउँवस्ती रित्तिँदै जान थालेका छन् । प्रदेश नं ७ का अधिकांश पहाडी क्षेत्रका वासिन्दा तराईतिर बसाइँ सर्न थालेपछि गाउँगाउँमा जनसंख्या निकै कम हुन थालेको छ । आजभन्दा करीब ३० वर्षअघिसम्म पहाडमा झुरुप्प परेका बस्तीहरु थिए । तर पछिल्लो समयमा पहाडबाट अनवरत रुपमा तराईमा बसाइँ सर्न थालेपछि पहाड रित्तिँदै जान थालेको छ । पहाडबाट भइरहेको अत्यधिक बसाइँसराइले यो क्षेत्रमा विकाससमेत हुन सकिरहेको छैन । पहाडमा भएका सम्भावनाको खोजी नभएकाले मानिस तराईमा बसाइँसराइ गर्न थालेको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो ।

    “शिक्षा, स्वास्थ्यलगायतका रोजगारीका अवसर पनि तराईमै केन्द्रित हुन थालेपछि तराईमा बसाइँ सर्नेको चाप बढ्न लागेको हो”, उहाँले भन्नुभयो, “संघीय व्यवस्थामा तराईमै राजधानी बनाइए पहाड रित्तो हुनेछ ।” “पहाडको समविकास र यो क्षेत्रका सम्भावनाको खोजीका लागि पहाडमै राजधानी बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “पहाडबाट भइरहेको अत्यधिक बसाइँसराई रोक्नका लागि पहाड केन्द्रित विकास हुनुपर्छ ।” पछिल्लो केही दशकयता बैतडीलगायत प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक तराईतिर बसाइँ गर्न थालेपछि पहाडमा जनसंख्या कम हुँदै गएको छ ।

    शिक्षा, स्वास्थ्य, विकास जस्ता कुरा तराईमै केन्द्रित हुनुले पनि यो क्षेत्रका नागरिक बसाइँ सार्न थालेका जगन्नाथ बहुमुखी क्याम्पसका सहायक प्राध्यापक सुरेन्द्र बमको भनाइ रहेको छ । उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा अपेक्षाकृत रुपमा विकास नहुनुले बसाइँसराइको क्रम नरोकिएको हो ।” पहाडी क्षेत्रबाट निरन्तर भइरहेको बसाइँसराइले तराईमा जनसंख्याको चाप बढेको छ । यसले तराईको खेतीयोग्य जमीन मासिँदै गएको छ भने पहाडका सम्भावना ओझेलमा पर्दै गएका छन् । “अबको संघीय व्यवस्थामा विकास निर्माण, शिक्षा, स्वास्थ्यका कुरामा पहाडमै पहुँच पुग्ने किसिमले तय गर्नुपर्छ,” जगन्नाथ बहुमुखी क्याम्पसका सहायक प्राध्यापक बमले भन्नुभयो ।

    अधिकांश नागरिक रोजगारी र शिक्षाका लागि तराईतिर बसाइँसराई गरिरहेकाले शिक्षाका संरचना पहाडमा स्थापना हुनुपर्ने दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टको भनाइ रहेको छ । उहाँले भन्नुभयो, “पहाडको बसाइँसराई रोक्न नसकिए तराईको खेतीयोग्य जमीन मासिएर भोकमरीको सम्भावना पनि बढ्ने देखिएको छ ।” निरन्तरको बसाइँसराइले पहाडी क्षेत्रको संस्कृतिसमेत मासिने खतरा बढेको छ । पहाडका मानिस तराईतिर बसाइँसराइ गरेर जान थालेपछि पहाडी क्षेत्रका संस्कृतिसमेत लोप हुन थालेका हुन् ।

    यो क्षेत्रमा रहेका ऐतिहासिक सांस्कृतिक महत्वका ठाउँबाट मानिस अन्यत्र गएपछि स्वभाविक रुपले संस्कृतिमा ह्रास आउन थालेको मणिलेक मावि काँडा मेलौलीका प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो । “बसाइँसराइका कारण पहाडी संस्कृति लोप हुँदै गएकाले यसले समाजमा समेत नकारात्मक प्रभाव पारिरहेको छ”, उहाँले भन्नुभयो, “पश्चिमी संस्कृतिको प्रभाव बढिरहेकाले बसाइँसराइका कारण पुराना संस्कृति लोप हुन थालेका छन्,” उहाँले थप्नुभयो, “आफ्नो संस्कृति लोप हुँदै जाँदा समाजमा यसले समस्या निम्त्याउँछ ।”

    पहाडबाट निरन्तर रुपमा बसाइँसराइ भइरहँदा सामाजिक रुपमा मात्र नभई सांस्कृतिक समस्यासमेत निम्त्याइरहेको छ । पहाडबाट भइरहेको बसाइँसराइ रोक्नका लागि पहाडमा विकासका कामलाई केन्द्रित गर्नु आवश्यक छ । “गाउँलाई समृद्धिमा लाने र स्वरोजगारको वातावण सिर्जना गरियो भने बसाइँसराइलाई तुलनात्मक रुपमा घटाउन सकिन्छ”, स्थानिय हेमराज गिरीले भन्नुभयो, “स्थानीय सरकार बनेको अवस्थामा अब गाउँप्रति आकर्षण बढ्छ ।”

    राज्य पुनःसंरचनासँगै बनेको स्थानीय तहले गाउँको विकास हुने अपेक्षा गरे पनि अझै विश्वस्त भइहाल्ने अवस्था नरहेको स्थानीयवासस् बताउँछन् । गाउँघरमै राज्यका सेवा सुविधा पुग्न सके र समाज विकसित अवस्थामा भए मात्रै बसाइँसराइजस्ता समस्याको हल हुने धेरैको बुझाइ छ ।

    “समाज उन्नत र विकसित भए मान्छेले आफ्नो थातथलो छोड्न चाहँदैन”, गिरीले भन्नुभयो, “बसाइँसराइ घटाउन राज्यले योजना र कार्यक्रम बनाउनुपर्छ ।” बसाइँसराइसँगै गाउँको उत्पादन पनि ह्वात्तै घटेको छ । खेतीयोग्य जमीन बाँझै पल्टिएका छन् । दैनिक उपभोग्य सामानका लागि बजारमाथि निर्भर रहनुपर्ने अवस्था छ ।

    बसाइँसराइ बढ्दै जाँदा त्यसले सामाजिक संरचनामा पनि प्रभाव पार्ने देखिन्छ । जिल्लामा बसाइँसराइको कुनै लेखाजोखा छैन । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसंख्या दुई लाख ५० हजार ८९८ रहेको छ । आर्थिक र सामाजिक कारणले बसाइँसराइ बढिरहेको र ग्रामीण भेगबाट शहरतिरको बसाइँसराइ बढ्दो छ । प्रदेश नं ७ मा रहेको नौ जिल्लामध्ये सात जिल्ला पडाडमा रहेका छन् भने दुई जिल्ला तराईमा रहेका छन् । –विनोद सिंह बिष्ट, रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

    पोखराको साढे १३ हजार मत गनेर सकियो, गठबन्धनका आचार्य ७ सय मतान्तरले अगाडी

    झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

    ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– नेपाल बिना हाम्रो राम अधुरो छन्

    भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

    नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ८ हजार कटाए बालेनले

    एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

    बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

    ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

    ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

    ८ हजार कटाए बालेनले

    विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

    रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

    ६६ सय कटाए बालेनले

    बालेनले ६ हजार मत कटाए

    ८ हजार कटाए बालेनले

    वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जन सहित पानी पर्नै

    नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

    युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    आज बैशाख २६ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

    आर्थिक

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

    दोहोरो अंकले घट्यो नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑