सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा, चैत २२ । आगामी असारदेखि वागमतीको पानीबाट विद्युत् उत्पादन हुने भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपा पञ्चकन्यामा २२ मेगावाट क्षमताको वागमती जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको हो।
माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको सुरुङ, बाँध निर्माण र पावर हाउस सिभिलतर्फको काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरिरहेको छ।
कम्पनीका प्रोजेक्ट म्यानेजर अनुप न्यौपानेले आयोजनाको ८० प्रतिशत निर्माणकार्य सकिएको बताए। ‘२०७५ असार मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ’, उनले भने, ‘आयोजनाको २ हजार ४ सय २४ मिटर लामो मुख्य सुरुङको काम सम्पन्न गरिसकेका छौं।’ आयोजनामा एक सय ५० नेपालीसहित ४ सय बढी कामदारले रातदिन काम गरिरहेका न्यौपानले बाताए।
चिनियाँ कम्पनी सिइच्वाङ हेइच्वाङ र नेपाली कम्पनी साउथ एसियनले २०७२ वैशाखबाट निर्माण थालेका थिए। आयोजनामा सिभिलततर्फ १ अर्ब २९ करोडसहित कुल चार अर्ब लगानी रहेको छ। प्रतिसेकेण्ड १२ दशमलव ४ क्युसेक पानी पठाउने गरी ३ दशमलव ७ मिटर चौडा र ३ दशमलव ८ डायोमिटरको सुरुङ निर्माण गरिएको छ।
वागमती र कोगटेको पानी इपा पञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत् बगरबेंसीस्थित पावर हाउसमा पुर्याउने कम्पनीको योजना छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा