सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र २१ । ग्लोबल आइएमई बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता भएको छ ।
सम्झौता पश्चात नेपाल मेडिसिटी अस्पतालले ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारी एवं कर्मचारीका परिवारलाई अस्पतालले दिने सेवा सुविधामा छुट दिने भएको छ ।
मंगलबार एक कार्यक्रमका विच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र अस्पतालका महाप्रबन्धक विजय रिमाल ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको बताएको छ ।
सम्झौता पश्चात नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट क्रेडिट र डेबिट कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारी एंव कर्मचारीका परिवारहरुले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।
तर औषधी, उपभोग्य वस्तु, प्रयारोपण सामाग्री एंव चिकित्सकको परामर्श शुल्कमा भने छुट पाइने छैन ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा