• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

      सामान्य अंकले बढ्यो नेप्से

      बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

      गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

      बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

      २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

    होमपेज / शिक्षा

    पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २१, बुधबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    फाइल फोटो

    धादिङ, चैत २१। माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने ? घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई एक पटक झस्काउँछ । डाँडामा बस्ती भएकाले गाउँवासीका लागि माध्यमिक तहको अध्ययन गर्न पाँच घण्टाको दूरी तय गर्नुपर्ने भएकाले सो गाउँका कसैलाई पनि माध्यमिक तहको शिक्षा पाउनु भनेको ‘टाढाको फल आँखातरी मर’ भएको जस्तो छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ तल्तीबाहेकको चेपाङगाउँबाट माध्यमिक शिक्षा अध्ययनका लागि विद्यालय आउन पाँच घण्टाको दूरी तय गर्दा पनि पुल अभावमा विद्यालय आउनै नसक्ने अवस्था आएको छ ।

    मलेखुखोलाको ताल्ती क्षेत्रमा हिउँदमा खोला सुख्खा हुने र पानी पर्न थालेपछि वारपार गर्न नै नसकिनेगरी ठूलो हुन्छ । खोला बढेपछि विद्यार्थीमात्र होइन, गाउँवासीसमेत बजारतर्फ आउजाउ गर्न सक्दैनन् । यस वडाका पाँच विद्यालय र एक बालविकास केन्द्रबाट आधारभूत तहको शिक्षा हासिल गरेपछि माध्यमिक शिक्षा हासिल गर्न सिमथली र ताल्ती जोड्ने मलेखुखोलामा पुल नहुँदा गाउँका विद्यार्थी हिउँदमा पढ्ने गर्छन् भने वर्षा लागेपछि पढाइ छाड्ने गरेको शिक्षक मानबहादुर चेपाङको भनाइ छ ।

    प्रजा आधारभूत विद्यालयमा ९४ जना, देउराली आधारभूत विद्यालयमा १०१ जना, बागेश्वरी आधारभूत विद्यालयमा ५५ जना, पञ्चकन्या आधारभूत विद्यालयमा ६५ जना र अति विकट ब्रुसबाङको बालविकास केन्द्रका २८ जना विद्यार्थी छन् । मलेखुखोलामा पुल नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुनु परेकाले तत्काल पुल आवश्यक भएको वडाध्यक्ष टंकबहादुर थापाको भनाइ छ । गाउँका विद्यार्थी जेठ लागेपछि पानी परेको दिन विद्यालय जाँदैनन् । वर्षा शुरु भएपछि असार साउन र भदौ तीन महिना त खोला पार गर्न नै नसकिने भएकाले उनीहरु विद्यालय जाँदैनन् ।

    यस क्षेत्रका विद्यार्थीको समस्या भनेको मलेखु खोलामा पुल र गाउँमै माध्यमिक तहको विद्यालय हुनुपर्ने ज्ञानबहादुर चेपाङको भनाइ छ । सिमथली, मासखर्क, ब्रुसबाङ, माङ, झिरुबास, थुन्द्राङ, चोतेस, पार्लाकलगायतका गाउँबाट बल्लतल्ल आधारभूत तहको शिक्षा लिएका विद्यार्थी पुलको अभावमा कक्षा छाड्ने गर्नाले शिक्षाबाट वञ्चित हुने गरेका छन् तर सरकारले यसतर्फ ध्यान नदिएको रवीन्द्र चेपाङको आरोप छ।

    आफ्नो खारियाबारीको उत्पादनले तीन महिनामात्र खान पुग्ने १८० घर चेपाङ बस्ती रहेको गाउँमा खानेपानीको सुविधा छैन । उत्पादनको वैकल्पिक उपाय नहुँदा ज्याला मजदुरी गरेर परिवार पल्नु पर्ने अवस्था रहेकाले काम गर्न सक्नेहरु दशैँ तिहारबाहेक गाउँमा भेटिँदैनन् । खोला तर्नुपर्ने भएपछि ७० प्रतिशत चेपाङ बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेको शिक्षक तिलक चेपाङले बताउनुभयो ।रासस, सीताराम अधिकारी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    श्रीलंकामा फेरी आपतकाल घोषणा

    निर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालय तीन दिन बिदा

    अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपको एजेन्ट मिट सम्पन्न

    त्रिविका क्याम्पसहरु बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा

    विद्यालयहरुमा पनि हप्ताको दुई दिन विदा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

    सामान्य अंकले बढ्यो नेप्से

    बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑