सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २१। नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्ना सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका छन् । आगामी वैशाख १ गतेदेखि आफूलाई सुरक्षा दिँदै आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई भट्टराईले फिर्ता गर्ने निर्णय गरेका गरेका हुन् ।
पार्टी प्रवक्ता गंगा श्रेष्ठले सुशासन र सदाचार सुरु गर्ने उद्देश्यसहित संयोजक भट्टराईले सुरक्षाकर्मी फिर्ता पठाउन लागेको बताए । “उहाँले पहिलैदेखि नै सुशासन र सदाचारको कुरा गर्नुहुन्थ्यो । वैशाख १ गतेदेखि पिएसओ बाहेक सबै सुरक्षाकर्मी फिर्ता पठाउने निर्णय गर्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा