सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाँचथर, चैत २१। नातिनीलाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पाँचथरका ५८ वर्षीय एक व्यक्तिले आफ्नी १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि करणी गर्दै अाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। कसैलाई भनेमा मारिदिने त्रासमा पारी उनले नातिनीमाथि कुकर्म गर्दै अाएका थिए।
मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए। पीडितलाई सुरक्षित आवासगृहमा राखिएको प्रहरीले जनाएको छ। रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा