सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ । युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाईनल खेलहरु गएरातिबाट शुरु भएका छन् । गएराति भएको पहिलो लेगको खेलमा रियल मड्रिडले युभेन्टसलाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ। रियल मड्रिडलाई जित दिलाउन क्रिटियानो रोनाल्डोले दुई गोल र मार्सेलोले एक गोल गरे।
खेल शुरु भएको तेस्रो मिनेटमै रोनाल्डोले गोल गर्दे शुरुवाती अग्रता बढाए । पहिलो हाफ १–० ले अग्रता बनाएको मड्रिको लागी ६४औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दे खेल अग्रता दोब्बर बनाए ।
खेलको ६६औं मिनेटमा युभेन्टसका पाउलो डिबाला दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिदा युभेन्टस १० खेलाडीमा सीमित भयो।
खेलको ७२औं मिनेटमा मड्रिडको लागी डिफेन्डर मार्सेलोले टिमको लागी तेस्रो गोल गर्दे खेल मड्रिडले ३–० को विजय हासील गर्यो ।
अर्को लेग अब ११ अप्रिलमा रियल मड्रिडको घरेलु मैदानमा हुनेछ।
च्याम्पियन लिगकै गएराति भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हरायो । च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाईनल पहिलो लेगका बाँकी दुई खेल आज राति हुनेछन् । जसमा बार्सिलोनाले इटालियन क्लब रोमाको सामना गर्दैछ भने अर्को खेलमा म्यानचेस्टर सिटी र लिभरपुल भिडनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा