• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ८, आईतबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

      शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

      पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

      निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

      नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

      विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

      विजयभन्दा रेनु ८४८४ मतान्तरले अगाडि

      धरानको मेयरमा स्वतन्त्र उमेदवार साम्पाङ विजयी

      सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

      ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

      पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

      नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

      ‘तिम्रै नाम होस’मा राजेश पायल र केकीको रोमान्स ( भिडियो

      विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

      मतगणना नसकिँदै धरानको मेयर लौरोको जित निश्चित

    होमपेज / पत्रपत्रिका

    रोकियो ३० अर्ब व्ययभारको स्वैच्छिक अवकाश कार्यक्रम, काज पनि फिर्ता गराइँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २१, बुधबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    काठमाडौँ,चैत्र २१ । सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए ।

    प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीका लागि भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वैच्छिक अवकाशको प्याकेज ल्याएको थियो । देउवा सरकारले घोषणा गरेको प्याकेज रोज्दै ९ हजार ५ सय कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । उनीहरुले ७ वर्षको एकमुष्ट पेन्सनसहितको सुविधा पाउँथे । तर, सरकारले राज्यलाई ठुलो आर्थिक भार थपिन भन्दै प्याकेज कार्यान्वयन नगर्ने नीति लिएको हो ।

    सामान्य प्रंशासन मन्त्रालयले समायोजन ऐनअनुसार स्वैच्छिक अवकाश रोज्नेको नामावली प्रकाशन नगरेर प्रक्रिया रोकिएको जनाएको छ । स्वैच्छिक अवकाश प्रक्रिया अघि बढाउन सरकारले गत २३ चैतमा मन्त्रालयको वेबसाइटमार्फत अवकाश रोज्ने कर्मचारीको नामावली सार्वजनिक गर्नु पर्ने थियो । तर, मन्त्रालयले अवकाश रोज्ने कर्मचारीको विवरण सार्वजनिक गर्ने प्रक्रिया नै रोकिदिएको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

    मन्त्री पण्डितले अवकाशका लागि निवेदन दिएका कर्मचारीलाई पनि अब काममै पठाउने तयारी भएको बताए । उनले स्वैच्छिक अवकाश अघि बढ्ने अवस्थामा नरहेको बताए ।

    ‘समायोजन ऐन संशोधन नहुँदासम्मलाई स्वैच्छिक अवकाश स्थगित भएको छ,’ मन्त्री पण्डितले भने, ‘मानसिक र शारीरिक रूपमा अस्वस्थ केही कर्मचारीलाई स्वैच्छिक अवकाशमा पठाउनुपर्ने हुँदा अहिले नै रोकियो भन्ने शब्द प्रयोग गर्न चाहन्नँ । तर, अन्य अनुभवी कर्मचारीले राज्यलाई अप्ठेरो पर्दा सहयोग गर्नुपर्ने भएको छ ।’ उनले बाँकी कर्मचारीले सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने बताए ।

    समायोजन ऐनमै कर्मचारीलाई स्वैच्छिक अवकाशमा पठाउने व्यवस्था भएकाले त्यसलाई संशोधन गर्नुपर्ने अवस्था रहेको मन्त्री पण्डितले बताए । उनले भने, ‘ऐन संशोधन दुई–चार दिनमै हुने कुरा होइन, ऐन संशोधन नहुँदासम्मका लागि स्वैच्छिक अवकाश रोकिन्छ । त्यसपछि ऐनमै सुधार गरेर स्वैच्छिक अवकाश रोकिन्छ ।’

    मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने यसबारे अहिले नै केही भन्न सक्ने स्थिति नरहेको बताए । ‘त्यसबारे केही छलफल नै भएको छैन र स्वैच्छिक अवकाशबारे कुनै काम पनि भएको छैन,’ प्रवक्ता न्यौपानेले भने, ‘किन र कसरी रोकियो भन्ने कुरा मैले बोल्न मिल्दैन ।’

    मन्त्रीको निर्देशनपछि सूची सार्वजनिक गर्ने काम रोकियो
    मन्त्रालयले स्वैच्छिक अवकाशमा जाने कर्मचारीको निवेदन अध्ययन गर्न एकाइ गठन गरेको थियो । उक्त एकाइले ती कर्मचारीको सूची पनि तयार पारेर राखेको छ । समायोजन ऐनअनुसार मन्त्रालयले उनीहरूको नामावली १३ चैतमै वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने थियो । तर, मन्त्रालयले सूची सार्वजनिक गर्ने प्रक्रिया नै रोकिदियो ।

    यस्तै, स्वैच्छिक अवकाश रोज्ने कर्मचारीको अन्य विवरण अध्ययन गर्ने काम पनि रोकिएको छ । मन्त्री पण्डितले स्वैच्छिक अवकाश रोक्ने सार्वजनिक अभिव्यक्ति दिएपछि एकाइले सम्बन्धित सबै काम रोकेको हो ।

    कति हुन्थ्यो खर्च ?
    सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशका लागि करिब ९ हजार ५ सय कर्मचारीले निवेदन दिएका थिए । सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरू सबै स्वैच्छिक अवकाशका लागि योग्य भएको स्थितिमा उनीहरूका लागि राज्यले करिब ३० अर्ब लगानी गर्नुपर्ने थियो । मन्त्रालयले स्वैच्छिक अवकाश रोज्ने एउटा सचिवले ३० देखि ३५ लाख रुपैयाँसम्म पाउने अनुमान गरेको थियो ।

    दरबन्दीभन्दा बढी कर्मचारी फिर्ता गरिँदै
    सामान्य प्रशासन मन्त्रालयले दरबन्दीभन्दा बढी संख्यामा विभिन्न कार्यालयमा रहेका कर्मचारीलाई फिर्ता गर्न लागेको जनाएको छ । विभिन्न कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी रहेको समाचार सार्वजनिक भएसँगै मन्त्रालयले अनधिकृत रूपमा रहेकालाई फिर्ता गर्न थालेको हो ।
    गृहसचिव मोहनकृष्ण सापकोटाले सामान्य प्रशासन मन्त्रालयमा सचिव हुँदा विभिन्न कार्यालयबाट स्थानीय तहमा गरिएको सरुवा रद्द गरेका थिए । उनले आर्थिक लाभ लिँदै आकर्षक कार्यालयबाट गरिएको कर्मचारीको सरुवा रद्द गरेको आरोप लागेको छ । उनको त्यस्तो निर्णयले केही कार्यालयमा दरबन्दीभन्दा बढी संख्यामा कर्मचारी रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    ‘विगतमा दरबन्दीभन्दा बढी संख्यामा कसरी कर्मचारी पुगे, कसले कस्तो गल्ती ग¥यो, त्यो एउटा पक्ष रह्यो,’ मन्त्रालयका एक सहसचिवले भने, ‘दरबन्दीभन्दा बढी कर्मचारी भएका कार्यालयबाट बढी कर्मचारी फिर्ता ल्याउन थालेका छौँ ।’ उनले वैदेशिक रोजगार कार्यालय, विमानस्थल, यातायात, भन्सारलगायत कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी रहेको बताए ।

    काज पनि फिर्ता गराइँदै
    सामान्य प्रशासन मन्त्रालयले एउटा कार्यालयमा दरबन्दी रहेको, तर अन्य कार्यालयमा काजमा खटिएका कर्मचारीलाई पनि फिर्ता गर्न लागेको जनाएको छ । मन्त्रालयले विशेषगरी दुर्गममा दरबन्दी रहेर सुगममा काजमा रहेकाहरूको काज फिर्ता गराउन लागेको हो । तर, स्थानीय तह र प्रदेशमा सरुवा भएकाहरूको काज फिर्ता नहुने मन्त्रालयले जनाएको छ ।

    अप्ठेरो परेको वेला अनुभवी
    कर्मचारीले राज्यलाई सघाउनुपर्छ
    मानसिक र शारीरिक रूपमा अस्वस्थ कर्मचारीलाई मात्रै स्वैच्छिक अवकाशमा पठाउन सकिने अवस्था छ, अन्य अनुभवी कर्मचारीले राज्यलाई अप्ठेरो पर्दा सहयोग गर्नुपर्छ । लालबाबु पण्डित, सामान्य प्रशासनमन्त्री

    अर्थमन्त्री पनि स्वैच्छिक अवकाशको विपक्षमा
    शुक्रबार श्वेतपत्र जारी गर्दै अर्थमन्त्री युवराज खतिवडाले पनि स्वैच्छिक अवकाशले राज्यलाई करिब ३० अर्ब आर्थिक भार थोपर्ने बताए । सरकारलाई कर्मचारी अपुग भएका वेला राज्यलाई आर्थिक भार पर्ने गरी अनुभवी कर्मचारी घर पठाउनु राम्रो नहुने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सबै प्रदेशमा काँग्रेस पहिलो

    वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

    विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

    निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

    नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

    पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

    नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

    विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    टीकापुर–५मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानलै विजय

    भरतपुरमा रेणुले बढाइन मतान्तर

    चितवनको २ वटा वडामा एमालेको प्यानलै विजयी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    मध्यपुर थिमि २ मा पनि कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

    पोखरा महानगरमा गठबन्धनको अग्रता

    डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    आर्थिक

    आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

    सुनको भाउ बढ्यो, तोलाको कति ?

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑