• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

      उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

      बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

      बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

      गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

      पोखरामा गणना ढिलो भएपछि मतगणना स्थल थपियाे

    होमपेज / समाचार

    प्रमको भारत भ्रमण : बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन प्राथमिकतामा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २०, मंगलबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    रमेश लम्साल/ काठमाडौँ, चैत्र २० ।  प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत २३ गतेदेखि हुन लागेको भारतको राजकीय भ्रमणका क्रममा नयाँ बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयमा छलफल गर्ने तयारी गरिएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार लामो समयदेखि चर्चामा रहेको सो प्रसारण लाइन निर्माणको विषयलाई प्रमुख प्राथमिकतामा राखेर निर्माण शुरु गर्ने विषयमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

    सो प्रसारण लाइनलाई नेपालले सरकारी तहमा नै निर्माण गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ । तर भारतीय पक्षबाट भने व्यावसायिकरुपमा नै सो परियोजना अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ ।

    आर्थिक, सामाजिक तथा रणनीतिक महत्वको सो प्रसारण लाइन निर्माणका लागि सहमति जुटाएर अगाडि बढ्ने योजनाअनुसार प्रस्ताव तयार पारिएको प्रवक्ता घिमिरेको भनाइ छ ।

    अन्तरदेशीय प्रसारण योजनाको अध्ययन प्रतिवेदनको निष्कर्षका आधारमा नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले नै सो प्रसारण लाइन निर्माणका बारेमा यसअघि नै सहमति जनाएको थियो । तर कुन ढाँचामा आयोजना निर्माण गर्ने भन्ने सन्दर्भमा सहमति नजुटेका कारण परियोजनाले गति लिन सकेको थिएन ।

    कूल ४०० किलोभोल्ट क्षमताको सो प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० समेत तयार भइसकेको भए पनि निर्माण ढाँचाका बारेमा दुई देशबीच सहमति भइसकेको छैन ।

    “प्रधानमन्त्रीको भारत भ्रमणको समयका सो विषयले प्राथमिकता पाओस् भनेर हामीले पहल गरेका छौँ”, प्रवक्ता घिमिरेले भने, “दुवै देशलाई फाइदा हुने गरी सरकारीस्तरमा नै सो परियोजना अगाडि बढाउनुपर्छ भन्ने मान्यतामा हामी छौँ ।”

    नेपालले हाल ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतबाट १४५ मेगावाट विद्युत् आयात गर्दै आएको छ ।

    विद्युत् माग बढी भएका क्षेत्रलाई सहजरुपमा ऊर्जा उपलब्ध गराउने लक्ष्यका साथ न्यू बुटवल गोरखपुर प्रसारण लाइनलाई सरकारले प्राथमिकतामा राखेको हो ।

    नेपाल विद्युत् प्राधिकरणको बुटवलमा रहेको सवस्टेसनपूर्व रोहिणीखोला नजिक अर्को सवस्टेसन बनाउने र भारतबाट विद्युत् आयात गर्ने सरकारको तयारी छ । सो प्रसारण लाइनबाट विद्युत् आयात मात्रै नभई निर्यातका लागिसमेत महत्वपूर्ण मानिएको छ ।

    बूढीगण्डकी र मस्र्याङ्दी करिडोरलगायतका स्थानमा उत्पादन भएको विद्युत् बढी हुँदा भारत निर्यात गर्न सो प्रसारण लाइन सहज हुने विश्वासका साथ दुवै मुलुकले उक्त परियोजनालाई प्राथमिकतामा राखेका हुन् ।

    सो प्रसारण लाइनबाट करीब दुई हजार मेगावाट विद्युत् आयात तथा निर्यात गर्न सकिनेछ । विसं २०७३ असार १३ र १४ गते सम्पन्न भएको दुवै मुलुकका ऊर्जा सचिवस्तरीय बैठकले उक्त प्रसारण लाइन निर्माण गर्ने सहमति गरेका थिए ।

    दुवै मुलुकले आआफ्नोतर्फको प्रसारण लाइन निर्माण गर्ने ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा सहमति भएपछि पछिल्लो दिनमा निर्माणको प्रक्रिया, लगानीका विषयमा भने द्विपक्षीय सहमति हुन सकेको छैन ।

    ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा कुनै समस्या आए मुलुकभित्रको ऊर्जा वितरण प्रणालीलाई यथावत् राख्न वैकल्पिक प्रसारण लाइन सहयोगी हुने भएका कारण सो प्रसारण लाइन अघि बढाउन लागिएको हो ।

    विद्युत्को मुख्य माग हुने भैरहवा, बुटवल, नारायणगढ, पोखरा, दाङलगायतका शहरसमेत उक्त प्रसारण लाइनको नजिक पर्ने भएकाले पनि सरकारको प्राथमिकतामा उक्त प्रसारण लाइन राखिएको हो ।

    सरकारले प्रस्ताव गरेको प्रसारण लाइन गुरुयोजनामा समेत अन्तरदेशीय प्रसारण लाइनको निर्माण, आन्तरिक प्रसारण लाइनको विकास तथा विस्तारलाई विशेष जोड दिएको छ । हाल दुई देशबीच विभिन्न ११ स्थानमा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

    हाल कुशाहा–कटैया, रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन तथा मुलुकका अन्य प्रसारण लाइनबाट समेत विद्युत् आयात भइरहेको छ ।

    मुलुकभित्र उत्पादन हुने विद्युत् आन्तरिक खपतबाट बढी भएको अवस्थामा निकासी गर्नेतर्फ पनि विशेष जोड दिइएको छ । प्रवक्ता घिमिरेले रणनीतिकरुपमा पनि नेपाललाई नयाँ बुटवल गोरखपुर प्रसारण लाइन महत्वपूर्ण रहने बताए ।  रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

    कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

    उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

    उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

    गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

    पोखरामा गणना ढिलो भएपछि मतगणना स्थल थपियाे

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

    झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

    १८५२ पुग्यो रेणुको अग्रता

    बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑