सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, फागुन ७ । आज ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरण गर्दै सोमबार देशभर विभिन्न कार्यक्रमका साथ ‘६८औँ प्रजातन्त्र दिवस–२०७४’ मनाइँदैछ ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ।
यो दिवसमा सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ।
मुलुकमा लोकतन्त्र स्थापना भएपछि भने प्रजातन्त्र दिवसको माहोल पहिजेजस्तो छैन । जसरी राष्ट्रिय एकता दिवस मनाउन छाडियो त्यस्तै प्रजातन्त्र दिवस पनि एउटा सामान्य औपचारिकतामा मात्र सीमित भैरहेको छ ।
मुलुकमा नागरिक शासनको वहालीका लागि संघर्ष गरेका र जीवन अर्पण गरेका शहीदहरुको बलिदानीको कुनै सम्मान हुन नसकेको अवस्थामा सार्वजनिक रुपमा मनाउनुपर्ने प्रजातन्त्र दिवस ओझेलमा पर्दे गइरहेको छ ।
प्रजातन्त्र दिवसले सबै नेपालीलाई पटकपटकको संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको शासन पद्धतिका साथै देश र नागरिकको हितलाई केन्द्रमा राखी अगाडि बढ्नको लागि प्रेरणा दिने गर्दछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा