सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बिराटनगर, फागुन ६। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई सयजना कार्यकर्तालाई प्रहरीले आइतबार यहाँका विभिन्न स्थानबाट गिरफ्तार गरेको छ । प्रहरीले बिराटनगरको गुद्री बजारस्थित सम्मेलनस्थलको हलमा बसिरहेका करिब २ सयजना कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा लिएको हो ।
प्रहरीका अनुसार विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो पदमबहादुर राई, केन्द्रीय सदस्य कमल खड्का र नवीन रानासहितका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।
विप्लवका कार्यकर्ता बिराटनगर केन्द्रित भएसँगै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर चोक चोकबाट विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरिएको हो ।
प्रहरीले हस्तक्षेप गरेपछि विप्लवका युवाको राष्ट्रिय सम्मेलन पनि बिथोलिएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी विष्णुहरि कोइरालाका अनुसार चारजना केन्द्रीय नेतासहितलाई हिरासतमा लिइएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा