सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ६ । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन्।
विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन्। पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ।
कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको औँलामा लागेर पूरै हात सुन्निएको उनका अभिभावकले बताए। हातै नचल्ने अवस्था भएपछि सार्कीलाई काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पताल भर्ना गरेर अप्रेसन गरिएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन ढिलाइ गरेको भए कार्कीको हात नै काट्नुपर्ने अवस्था आउने थियो।
काकासँग बस्दै आएका कार्की हजुरआमा बिरामी भएपछि स्कुल नगई घरमै बसेका थिए। १८ माघमा स्कुल गएका उनलाई शिक्षकले कुटपिट गरेको विद्यार्थी र अभिभावकले बताएका छन्। ‘साथीहरूले आमा बिरामी भएर नआएको हो, नकुट्नुस्भन्दा आमा बिरामी भनेर स्कुल नआउन पाइन्छ भन्दै कुट्नुभयो,’ पीडित कार्कीले भने।
काका सूर्यबहादुरले सुपारे विद्यालय आउन नपाएको भन्दै उनका साथीहरूलाई स्कुलमा चिठी पठाए पनि शिक्षक तिमल्सिनाले कुटपिट गरेको बताए।
ढिला गरेको भए हातै काट्नुपथ्र्यौ : चिकित्सक
कार्कीको उपचारमा संलग्न सहिद मेमोरियल अस्पतालका निर्देशक तथा अर्थोपेडिक्स सर्जन डा दीपकल श्रेष्ठले हात निकै सुन्निएको अवस्थामा उनी उपचारका लागि भर्ना भएको बताए। ‘सुन्निएको बढ्दै जाँदा रगत सर्कुलेसन हुँदैन, केही ढिला भएको भए हातै काट्नुपथ्र्यो,’ डा श्रेष्ठले भने, ‘पिप जमिसकेको थियो, पहिले बच्चाको हात जोगाउनुपर्छ भनेर अप्रेसन गरेंँ। अहिलेसम्म एक रुपैयाँ पनि लिएको छैन।’ ठोक्किएर वा कुटपिटबाट मात्र यस्तो अवस्था आउने उनले बताए । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा