सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, फागुन २। पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ । मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो । विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिन उत्पादन गर्न शुरु गरेको फार्मले मंगलबारदेखि औपचारिकरुपमा आफ्ना उत्पादनलाई बजारमा ल्याउन शुरु गरेको छ ।
तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफूहरुले फार्म सञ्चालन गरेको सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय कृषकको उत्पादनलाई आफ्नो फार्ममा खपत गरेर उपभोक्ताको घरसम्म लैजान आफूहरुले भूमिका खेल्नेसमेत बताए ।
फार्मको साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना रिजमका निर्देशक गोकर्णराज अर्यालले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । सो अवसरमा अर्यालले यस्ता उद्योगले स्थानीय कृषकको आयस्तर वृद्धि गर्न टेवा पुग्ने बताए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा