सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, माघ २९ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा केन्यालाई नेपालले ३ विकेटले हराएको छ। सोमबार भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा सनसनीपूर्ण विजय हासिल गरेको हो ।
केन्याले दिएको १७८ रनको चुनौतीलाई नेपालले एक बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।
१४ रन जोड्दा ३ विकेट गुमाएपनि छैटौं विकेटका लागि आरिफ शेख र रोहितकुमार पौडेलले ८७ रनको साझेदारी गरेपछि नेपाल विजयी भएको हो ।
नेपालका लागी रोहित पौडेलले ८६ बलमा ४७ रन बनाए, आरिफ ४२ रन बनाएर आउट भए । कप्तान पारस खड्काले ४४ बलमा ४२ रन बनाए । यस्तै शरद भेषावकर १९, दिपेन्द्रसिंह ऐरी १, ज्ञानेन्द्र मल्ल ८ र रोहित कुमार पौडेलले भने रनको खाता खोल्न सकेनन।
टस हारेर पहिला व्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।
केन्यालाई १ सय ७७ रनमा समेटन सन्दिप लामिछानेले सशक्त बलिङ गर्दै १० ओभरमा ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका थिए । यस्तै, शरद भेषावकर, बसन्त रेग्मी र सोमपाल कामीले समान १/१ विकेट लिए ।
आजको खेलबाट सर्वाधिक ५ विकेट लिएका सन्दिप लामिछाने आजको खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । विश्व क्रिकेट लिग डिभिजन टु मा १४ विकेटसहित सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । यसअघि सन्दिपले नामिबियाका ४, ओमानका २ र युएईका ३ विकेट लिएका थिए ।
प्रतियोगिताका चारमध्ये तीन खेलमा जित र एकमा हार व्यहोरेको नेपाल तालिकाको दोस्रो स्थानमा रहेको छ । आफूले खेलेका तीनै खेल हारेको केन्या भने अंक तालिकाको पुछारमा छ ।
यसअघि, नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार व्यहोरेको थियो । अन्तिम खेलमा नेपालले क्यानडासँग खेल्नेछ ।
६ टिम सहभागी रहेको प्रतियोगिताको शीर्ष दुईमा रहने टोली अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटको लागी छानीने छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा