सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा, माघ २८ । प्रदेश ३ को उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् । उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गरेकी थिइन्।
नुवाकोट १ (क) बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ की बासिन्दा हुन् । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व कृषि राज्यमन्त्री तामाङ सशस्त्र युद्धकालका बेला नुवाकोट जनसरकार प्रमुख रहेकी थिइन् ।
यसैबीच आज अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकपूर्व निर्विरोध निर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई संसद् सचिवालयमा शपथ गराइने प्रदेशसभा सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले बताए । प्रदेश नं ३, प्रदेशसभामा कूल १ सय १० सदस्य रहेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा