सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनले पछिल्लो पाँच बर्षमा ६८.५३ मिलियन अर्थात ६ करोड ८५ लाख ३० लाख चीनीया जनतालाई गरीबीबाट मुक्त गरेका छन् । मिडिया रिपोर्टका अनुसार यो काम चीनीया राष्ट्रपति सि जिनपिंगले सत्ता सम्हालेदेखी को हो ।
चीनको राज्य परिषद प्रमुख समुह गरीबी उन्मुलन तथा विकास कार्यालयद्धारा प्रकाशित रिपोर्टमा भनिएको छ बार्षिक रुपमा १३ मिलियन अर्थात १ करोड ३० लाख चीनीयाहरुलाई गरीबीको रेखाबाट बाहिर निकालिएको छ ।
चीनमा २०१२ मा गरीबीको दर १०.२ प्रतिशतबाट घटेर २०१७मा ३.१ प्रतिशतमा झरेको छ । पछिल्लो बर्षको अन्तमा ३० मिलियन अर्थात ३ करोड चीनीयाहरु राष्ट्रिय गरीबीको रेखामुनी रहेका थिए ।
१९५३ मा जन्मिएका सी जीनपिंग जनवादी गणतन्त्र चीनको सर्वोच्च नेता हुन जो चीनको उपराष्ट्रपति, चीनीया साम्यवादी पार्टीको महासचिव, केन्द्रिय सैनिक समितिको अध्यक्ष तथा केन्द्रिय पार्टी विद्यालयका अध्यक्ष समेत छन् । उनी विकासवादी नेताको रुपमा संसारभर प्रचलीत छन् उनकै कार्यकालमा चीनमा आर्थिक विकासले दु्रत गती लिएको छ ।
राष्ट्रपति सि जिन पिंग तथा उनको विचारधारालाई कम्युनिष्ट पार्टिको संबिधानको अंश पनि बनाइसकेको छ यो सँगै उनी माओ त्सेतुंग पछिका सबैभन्दा प्रभावशाली नेता समेत बनेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा