सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन रासस , माघ २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, राजनीतिक संगठन र सिद्धान्त मिलाउनुपर्ने भएकाले पार्टी एकता गर्न समय लागेको बताएका छन्।
प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले पदका कुरामा नभएर विचार, राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनालाई कसरी मिलाउने भन्नेबारेमा एमालेसँग छलफल भइरहेको जानकारी दिए।
उले भने, “माओवादी केन्द्र र एमालेबीचको एकताभित्र थुप्रै मनोविज्ञान, इतिहास जोडिएका छन्। यी सबै कुरासँग सम्बन्धित विषय अन्ततः वैचारिक राजनीतिक विषय हुन्छन्।” दाहालले दुवै पार्टीका अध्यक्ष पार्टीको प्रमुख र प्रधानमन्त्री भइसकेकाले पदकै निम्ति झिनाझप्टी नहुने स्पष्ट गरे। पार्टीलाई सही ढंगले एकताबद्ध गर्न र देशलाई सुशासन र समृद्धितर्फ लैजान वामदेव गौतमको संयोजकत्वमा गठित समितिले सुशासनको प्राथमिकता र विकासको प्राथमिकताबारे छलफल गरिरहेको बताए।
उनले भने, “हामी दुई जनाको बीचमा कुरा मिलेर मात्रै होइन, पार्टी संगठनका माथिदेखि तलसम्मका सबैले राम्रो भयो भन्ने महसुस हुने गरी पार्टी एकता गर्दैछौँ।” उनले पार्टी एकता र सरकार गठन सँगसँगै होस् भन्ने आफ्नो चाहना रहेको बताए। उनले भने, “मेरो कोशिश सरकार गठन गर्नुभन्दा अगाडि पार्टी एकताको कुरा टुंगियोस् भन्ने छ। नभए पनि पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै होस् भन्ने छ। ओलीजीको पनि त्यतैपट्टि जोड छ।”
प्रचण्डले पार्टी एकताको ढाँचा अन्तिम रुपमा रहेको पनि जानकारी दिए। उनले आगामी फागुन ५ गतेभित्र निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष सांसदको नामावली बुझाउने र फागुन ६ गतेदेखि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा