सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
विराटनगर, माघ २६। चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेका हुन् ।
मोरङका प्रमुख उपरीक्षक अरुणकुमार विसीले गएको मंसिर २३ गते नेपाल टेलिकम कार्यालयको प्राङणबाट चोरी भएको को ५प ९६०५ नं को मोटरसाइकलमा को ५ प १२४२ नक्कली नम्बर राखि चलाउँदै आएको अवस्थामा र माघ १९ गते स्थानीय जैन भवन अगाडि पार्किङ गरिराखिएको अवस्थामा चोरी भएको को २३ प ८८५ नं को मोटरसाइकल लुकाइ राखेको अवस्थामा प्रहरीले फेला परेको बताए ।
पक्राउ गरिएका अभियुक्त विरुद्ध चोरीको मुद्दा दर्ता गराएर म्याद थप गरिएको प्रहरी उपरीक्षक विसीले जानकारी दिए । बरामद भएको दुई मोटरसाइकलका धनी सम्पर्कमा आए पनि अन्य एक मोटरसाइकलका धनी सम्पर्कमा नआएको उनले बताए ।
हालसम्म विभिन्न ठाउँबाट ५२ वटा मोटरसाइकल चोरी भएकोमा ६ वटा बरामद गरिएको र १२ जना अभियुक्तलाई पक्राउ गरी कारबाही चलाइएको पनि प्रहरीले जनाएको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा